शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • भ्रष्टचार रोकिएन,

भ्रष्टचार रोकिएन,

  • बिहिबार, अशोज ६, २०७९
भ्रष्टचार रोकिएन,

बिरोधमा दिनौँ लेख्छु तर भ्रष्टचार रोकिएन,
सत्ता मा जुन आए पनि अन्धकार रोकिएन।

सरकार तं आफैले भ्रष्टचार चाहान्छस् होला,
समाज नै छिया छिया पार्ने औजार रोकिएन।

जातिय छुवाछुत रोकियो न कुरिती रोकियो,
मान्छे मान्छे बिच अनौठो व्यवहार रोकिएन।

जनै छिंडाल्यौं टुप्पी काट्यौ गएन बिचार खै,
बाडी जस्तै आउँने समाजिक दरार रोकिएन।

अर्कैको देशमा काम माग्नुपर्छ नागरिक लाई,
तर सरकारको बिदेशी सँगको प्यार रोकिएन।

ठुलठुला खोला रहश्य लुकेको हत्याकांडको,
राजधानी मा पनि भ्रष्टचारी आधार रोकिएन।

चर्चामा

सम्बन्धित समाचार