मङ्लबार, बैशाख ४, २०८१

गजल!

  • सोमवार, भदौ २०, २०७९
गजल!

आफै जुन आफै घाम बनौँ अन्धकार हटाउँ,
आई पर्छन उल्झन मनका तिता सार हटाउँ।

शंघर्स बाहिर जित्न आगन सफागर्नु मनको,
लुकेका हुन्छन मन भित्र बिषालु झार हटाउँ।

सबैभन्दा बलियो औजार भन्नु बर्गिय एकता,
आफ्नै बर्ग भित्र आई परेको यो दरार हटाउँ।

फालौं आआफ्ना मनभित्रको मयल आफैले,
क्षाणिक स्वार्थमा गर्न थालेको ब्यपार हटाउँ।

नेता बनेर जनताको काम निजी स्वर्थमा गर्दा,
सबैलाई भयो समस्या सधैको दिक्दार हटाउँ।

एकढिक्का भए कसैले हराउन सक्दैन कोही,
साथिलाई निशाना साधेको यो हथियार हटाउँ।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार