बुधबार, बैशाख १२, २०८१

गजल!

  • बुधबार, भदौ २२, २०७९
गजल!

दुश्मनले देख्नै चाहान्न प्रगती देशमा,
उसैको छाती पोल्छ भतभती देशमा।

जनताले पनि त बुझ्दै बुझ्दैनन् चाल,
संसदमै पुराए भ्रष्टचारी जती देशमा।

क्रन्तिकारी भनेर न थाक्नेहरू समेत,
पुच्छर भएर जान थाले सती देशमा।

नेता सरकारमा पुगेपछि दलाल भए,
कसोगरी हुने थ्यो भन उन्नती देशमा।

गर्छन सधै असमान सम्झौता सन्धि,
भन त कस्ले दिन्छ अनुमती देशमा।

डिग्रि होल्डर युवा खाडीमा भेंडा हेर्दै,
नेता हो तर ढङ्गछैन एकरत्ती देशमा।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार