आदि र तुफान सँगै लेख्ने मन छ
भिरपाखा र पहराहरु सँगै फाेर्ने मन छ
बम बारुद काे धुँवा सँग राेमलिने मन छ
राईफलकाे कुन्दा सँग मितेरी लाउने मन छ ।
कालाे बादल र वर्षा सँग भेल बग्ने मन छ
कुहिराे मा राेमलिएर हराउन मन छ
अग्ला डाडा बाट दुस्मनका किल्ला हान्न मन छ
छापामार युद्ध खेल्दै रातारात भाग्न मन छ ।
सर्वहारा मुक्ति काे अान्दोलन मा हाेमिने मन छ
निस्वार्थ गरिवहरु जीवन मा परिवर्तन ल्याउने मन छ
किसान र मजदुर हरु सँगै हिलाेमा खेल्ने मन छ
फासिस्ट तानाशाही हरुलाई हिलाेमा दल्ने मन छ ।
मुक्ति गाथा का गित गाउदै लम्बे अभियान चलाउने मन छ
गाउँ गाउँ मा स्वागतगेट बनाउदै स्वागत गर्ने मन छ
जनताको सम्पत्ति जनता लाई दिने मन छ
दुस्मनकाे सम्पति गरिव लाई बाड्ने मन छ ।
सामन्त र दलाल हरुलाई जनताको माझमा नाङगेझार पार्ने मन छ
भस्टचारि र दलालि नेताहरू लाई फाँसी दिने मन छ
माफिया र डनहरु लाई कारागारमा सजाउने मन छ
देश र जनताको लागि समानताको दिन ल्याउने मन छ ।
साझा फुलवारिमा लटरम्मै फुल फुलाउने मन छ
बनजङगलहरुमा हरियाली सजाउने मन छ
डाँफे र मुनाल हरु नाचेकाे हेर्न मन छ
जनताको अबस्थामा परिवर्तन गर्ने मन छ ।