शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • क्रान्तिकारी कसरी भयाै ? (कबिता)

क्रान्तिकारी कसरी भयाै ? (कबिता)

  • बुधबार, भदौ २९, २०७९
क्रान्तिकारी कसरी भयाै ? (कबिता)

भराेसा का किरणहरु छेकेउ
बिस्वास का पाईलाहरु राेक्याै
अाकांक्षा का मनाेभाव कुल्चेउ
सिद्धान्त का परिच्छेद च्यातेउ ।

अाफ्नै घर डडाएर खरानी बेचेउ
खाने थाल फुटाएर कुलेलम ठाेकेउ
क्रान्तिकारी बनेर राेटि सेकेउ
बिस्वास बाेकेका लाई बाटो छेकेउ ।

झुपडी छाेडेर सिसाका महल खाेजेउ
जन्मघर छाेडेर पराइ कहाँ गएउ
जन्म दिने अामा लाई फालि दियाै
हुर्काउने बाबू लाई गालि दियौं ।

बर्गिय लडाइँ लाई धाेका दियाै
बिस्वास बाेकेका लाई लात दियाै
प्रतिगमन लाई साथ दियाै
क्रान्तिकारी नाम कसरी लियाै ?

याे घर ठिक छ भनी क्लास दियाै
बाले खा भन्दा खायाै
अामा फे अा भन्दा अायाै
अहिले फेरि कता गयाै ?

दर्शन शास्त्र का कुरा सिकायाै
अनुशासन र गाेपनियता मा लगाम लगायाै
क्रान्ति काे फेदिमा जान सिकायाै
एउटा लडाकु भावना जगायाै ।

घर फाेरेर बिलाे लगायाै
अनुशासन मा सिल लगायाै
गाेपनियता ताेडिदियाै
जन्मेको घर फाेरिदियाै ।

घरकाे छानाे भत्काईदियाै
राखेको बिउमल फालिदियाै
सम्झाउने लाई गालि दियाै
क्रान्तिकारी नाम कसरी लियाै ?

भुषमा अागाे बालेर छाेडेउ
शुभचिन्तक लाई बाेरामा बेरेउ
अन्तरसङघर्षमा हारेर गयाै
क्रान्तिकारी कसरी भयाै ?

नीति नियम ताेडेर गयाै
झेलकाे ढाेका फाेरेर गयाै
बर्गिय मायाँ पाेलेर खायाै
क्रान्ति का कसरी गित गायाै ?

चर्चामा

सम्बन्धित समाचार