शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • देशभित्र देशभक्त जगाउँला

देशभित्र देशभक्त जगाउँला

  • बिहिबार, भदौ ३०, २०७९
देशभित्र देशभक्त जगाउँला

संसदमा आवाज उठाउने दमदार चाहिन्छ,
देशलाई जोगाउँने धारिलो तरवार चाहिन्छ।

जनताकै आवाज सम्सद भित्र राख्नसक्ने,
देशभक्त पनि जनताले भनेनुसार चाहिन्छ।

क्रान्ती नहोला देशभित्र देशभक्त जगाउँला,
सम्सद भित्र यही देशको हथियार चाहिन्छ।

सडकमा कुर्लेर काम छैन सदनमा वैरी भए,
फलाम काट्ने त फलामकै औजार चाहिन्छ।

एम सी सी र नागरिकता बिधेयक सँग संगै,
अब संघियता खारेज गर्ने ब्यबहार चाहिन्छ।

बिकास गर्दैन देशभित्र बिदेशी दलालहरूले,
बिकास गर्ने त यो देशका कर्णधार चाहिन्छ।

चर्चामा

सम्बन्धित समाचार