शुक्रबार, जेष्ठ ४, २०८१

गजल!

  • बिहिबार, भदौ १६, २०७९
गजल!

यो सरकार पनि बिदेशीकै गोठालो हुनेभयो,
गठबन्धन भित्र समेत नराम्रो जालो हुनेभयो।

सबै खेल चुनाव जित्न हुनेगर्छ हाम्रो देश मा,
डांका र फटाहा बिचमै आलो पालो हुनेभयो।

सबैभन्दा ठुलो भुल थियो संसद बिघटन गर्नु,
कम्युनिष्ट को झण्डा मुख तोप्ने टालो हुनेभयो।

झन पछि झन देशको हालत नियांल्दा आज,
त्यही निरङ्कूश ब्यबसाथा नै आलो हुनेभयो।

अब हाम्रो देशमा अंगिकृत नागरिकहरू पनि,
शिर्ष पदमा नेताकै जञैं उन्कै सालो हुनेभयो।

छाडे गाई गोरू पाल्न आधुनिक युगमा आज,
किसान सँग न हलो हुन्छ न कोदालो हुनेभयो।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार