बुढीगंगामा गठबन्धनले निर्वाचन विथोल्न खोज्योः स्थायि कमिटी सदस्य थापा
बाजुरा–नेकपा एमालेका केन्द्रीय नेता तथा स्थायि कमिटि सदस्य कर्णबहादुर थापाले सत्ता गठबन्धनका दलहरुले बाजुराको बुढीगंगामा निर्वाचन विथोल्न खोजेको आरोप लगाएका छन्। थापाले बुढीगंगाको निर्वाचनबारे भ्रमहरु फैलाइएको भन्दै सामाजिक सञ्जालमार्फत यस्तो आरोप लगाएका हुन्। थापाले लेखेका छन्, ‘बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका वडानं ९ को मतदानबारे अनेक भ्रमहरु फैलाइदैछ। गठबन्धनले निर्वाचन विथोल्न खोजेपनि निर्वाचन सुचारु भैरहेको छ। […]