आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बाजुराकी दुई गर्भवती महिलाको एकै दिन हवाई उद्धार

बाजुराकी दुई गर्भवती महिलाको एकै दिन हवाई उद्धार

  • बुधबार, साउन १८, २०७९
बाजुराकी दुई गर्भवती महिलाको एकै दिन हवाई उद्धार
फाइल तस्विर

बाजुरा–बाजुराकी दुइ गर्भवती महिलाको एकै दिन हवाई उद्धार भएको हो । ४ दिनदेखि सुत्केरी हुन नसकेकी जगन्नाथ गाउँपालिका २ की ३२ वर्षीया जेनि राई नाथ र बुढीनन्दा नगरपालिका २ की मनु रेग्मी पाध्यायको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले वताएका छन् ।
जेनी राइलाई नेपाली सेनाको हेलिकप्टर मार्फत अछामको साफेँबगरबाट उद्धार गरिएको हो । भने मनुको कोल्टीबाट समिट एयरको जहाज बाट उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । दुबै जनालाई नेपाली सेनाको हेलिकप्टरले सँगै उद्धार गर्न खोजेपनि पोरखे लेखमा खराब मौसले हेलिकप्टर कोल्टि जान सकेन् ।
दुई दिन सम्म अस्पताल बाजुरामा जेनी हेलिकप्टरको पर्खाइमा राखेपनि खराब मौसमले हेलिकप्टर आउन नसकेपछि बुधवार बिहान एम्बुलेन्स बाट पठाईएको थियो । बुधवार दिउसो सेनाको हेलिकप्टर आएपछि जेनीलाई एम्बुलेन्स बाट लिदै गर्दा अछामको साँफे बाट उद्धार गरिएको हो ।
सुत्केरी हुन नसकेकी महिलाको उद्धारका लागि मंगलवार बाजुरा आउन लागेको हेलिकप्टर बिच बाटोमै अड्कीएको थियो । गर्भवती महिलाको राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत उद्धार गरिएको हो । प्रतिकुल मौसमका कारणले जेनीको उद्धारमा केही ढिलाइ भएको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले वताएका छन् ।
जेनीलाई आफन्तले आइतवार साँझ कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा बोकेर ल्याएका थिए । केन्द्रले रिफर गरेपछि आइतबार कोल्टीमा जहाजमा नेपालगञ्ज लिने तयारी थियो । खराब मौसले कोल्टिमा जहाज नआएपछि बोकेरै जिल्ला अस्पताल बाजुरामा ल्याईएको थियो । जिल्ला अस्पतालमा पनि सम्भव नभएको भन्दै जिल्ला अस्पताल बाजुराले सोमबार राति रिफर गरेको थियो ।
बच्चा तेस्रो रहेकोले यहाँ सम्भब नभएको भन्दै अस्पताल बाजुराले रिफर गरेको डा. जस्मिता बलमपाकीले वताईन् । जेनिलाई ब्यथा लागेको ४ दिन पछि उद्धार भएको हो ।

 

चर्चामा

सम्बन्धित समाचार