मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढीगंगाको बजेट ५१ करोड बढी, शिक्षा, पूर्बाधार, स्वास्थ्य र कृर्षिलाई प्राथामिकता

बुढीगंगाको बजेट ५१ करोड बढी, शिक्षा, पूर्बाधार, स्वास्थ्य र कृर्षिलाई प्राथामिकता

  • बुधबार, साउन १८, २०७९
बुढीगंगाको बजेट ५१ करोड बढी, शिक्षा, पूर्बाधार, स्वास्थ्य र कृर्षिलाई प्राथामिकता

बाजुरा — जिल्लाको बढीगंगा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । मंगरबार बुढिगंगा नगरपालिकाको आयोजनामा मंगलबार पत्रकार सम्मलेन मार्फत बजेट सार्बजनिक गरेको हो । बार्षिक निति तथा कार्यक्रम छैटौं नगरसभा मार्फत ५१ करोड २८ लाख ७२ हजार बजेट ल्याएको नगर प्रबक्ता हेमराज जैशीले बताएका छन ।
नगरले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर नीति कार्यक्रम तथा बजेट ल्याएको मंगलबार गरिएको पत्रकार सम्मेलन मार्फत सार्बजनिक गरेको छ । नगर प्रबक्ता हेमरान जैशीले सार्बजनिक गरेको बजेट अनुसार चालूतर्फ ११ करोड ३८ लाख ७ हजार र पुजिगत २६ करोड ९० लाख ६५ हजार गरी जम्ममा ५१ करोड २८ लाख ७२ हजार बजेट ल्याएको प्रबक्ता जैशीले बताएका छन ।
देशभरका पालिकाहरुले आर्थिक वर्ष २०७९/०८० का लागि असार १० गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था रहेकाे छ । बुढीगंगा नगरपालिकामा बैशाख ३० गते भएको स्थानिय तहको निर्बाचनमा धाधली भएको भन्द्र असार २३ गते पुन निर्बाचन भए पश्चात साउन १२ गते तीति तथा कार्यक्रम र १४ गते बजेट ल्याएकोे नगर प्रमुख राम बहादुर बानियाँले बताए । पत्रकार सम्मेलनमा नगर प्रमुख रामबहादुर बानियाले यो आर्थिक बर्ष भौतिक निर्बाण आधार बर्षका रुपमा लिएर बजेट बिनियोजन गरेको बताए । यो बर्षलाई आधार बर्षका रुपमा लिएर काम अगाडी बढाउने बताए ।

 अनुमान गरिएको आय तर्फ संघीय समानीकरण अनुदान बाट १३ करोड २२ लाख, संघीय सशर्त अनुदान बाट २३ करोड २४ लाख २० हजार, संघीय समपुरक अनुदान तर्फ २ करोड ४० लाख, संघीय बिशेष अनुदान तर्फ १ करोड ८० लाख, प्रदेश समानीकरण अनुदान तर्फ ९५ लाख ९४ हजार, प्रदेश बिशेष अनुदान तर्फ २५ लाख, प्रदेश समपुरक अनुदान तर्फ २० लाख, राजस्व बाडफाड संघीय सरकारबाट प्राप्त ८ करोड ४२ लाख १५ हजार, राजस्व बाडफाड प्रदेश बाट प्राप्त ५७ लाख ४९ हजार रहेकाे नगरपालिकाले जनाएकाे छ । त्यसै गरि आन्तरिक स्रोत बाट ४८ लाख ५७ हजार गरि जम्मा ५१ करोड ६ लाख ७८ हजार अनुमान गरिएकाे नगरपालिकाले जनाएकाे छ । आर्थिक बर्ष २०७९/८० को राजश्व आम्दानी  ४८ लाख ५७ हजार हुने अनुमान गरि बजेट ल्याएकाे नगपालिलकाले जनाएकाे छ ।

यो बर्ष नगरपालिकाका १० वटै वडा कार्यालय नगरपालिकाको प्रशासनीक भवन निर्माण पुरा गरि सक्ने बताए । ०७४ सालमा निर्बाचित जनप्रतिनिधिले के काम गर्यौ त्यसको नगरपालिकामा कुनै तस्ताबेस छैन । हामी ०७९ सालमा निर्बाचित जनप्रतिनिधीले पहिलो काम त नगर प्रोफाईल तयार पारेर काम सुरु गर्ने बताए । नगरपालिकाका सबै योजनाहरुको डिपीआर तयार गरेर आवश्यकताका आधारमा बजेट प्राथामिकी करण गर्ने बताए ।
असोज महिना भित्र नगरपालिकाका सबै योजनाहरु सम्झौता भई सक्ने बताए । नगरप्रमुख बानियाले भने हामी बिकासलाई असार कुर्दै नौ फागुन चैत्रमा काम सक्ने गरी थालनी गर्ने बताए । यो पाँच बर्षको अवधिमा कानून र कार्यबिधि बिनै काम भएकोले यो आर्थिक बर्षमा नगर बिकासको लागि ३२ वटा कार्यबिधि र कानून बनाई कामको थालनी गर्न लागीएको बताए ।

बुढीगंगा नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा नगर प्रमुख रामबहादुर बानिय नगर उपप्रमुख माया खड्का कुवर, प्रबक्ता तथा वडा नम्बर छ का वडा अध्यक्ष हेमराज जैशी, निमित्त प्रमुख प्रशासकीय अधिकृत्त नरेन्द्र नाथ लेखपाल पूर्ण जैशी र जिल्ला स्थित संचार माध्यायममा आबद्ध पत्रकारहरुको उपस्थिति रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार