बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा ३ दिन देखी हेलिकप्टरको पर्खाइमा गर्भवती महिला

बाजुरामा ३ दिन देखी हेलिकप्टरको पर्खाइमा गर्भवती महिला

  • मङ्लबार, साउन १७, २०७९
बाजुरामा ३ दिन देखी हेलिकप्टरको पर्खाइमा गर्भवती महिला

बाजुरा — जिल्ला अस्पताल बाजुरामा एकजना गर्भवती महिला हेलिकप्टरको पर्खाइमा रहेकी छन । जगन्नाथ गाउँपालिका २ की २३ बर्षिया जेनि राई नाथलाई सुत्केरी ब्यथा लागेको ३ दिन भइसकेको छ ।

उनिलाई आइतबार कोल्टीमा जहाज नआए पछि बोकेरै जिल्ला अस्पताल बाजुरामा ल्याईएको भए पनि जिल्ला अस्पतालमा पनि  सम्भव नभएको भन्दै जिल्ला अस्पताल बाजुराले पनि रेफर गर्यो । यता उनिलाई ब्यथा लागेको ३ दिन भईसक्दा पनि उनको उद्धार हुन नसकेको उनका आफन्तले बताए ।
प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारीका अनुसार हेलिकप्टरको पहल भईरहेको बताएका छन । मौसमा खरावीका कारण हेलिकप्टर आउन नसकेको हो मौसम सफा भए तत्कालै उद्धार गरिने प्रमुख जिल्ला अधिकारीले बताएका छन । नेपाली सेनाकाे हेलिकप्टर काठमाडाै बाट अाउने तयारी रहेकाे वताए ।

चर्चामा

सम्बन्धित समाचार