शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • स्याउ टिप्न हतार नगर्न कृषि ज्ञान केन्द्र बाजुराको कृषकलाई अनुरोध

स्याउ टिप्न हतार नगर्न कृषि ज्ञान केन्द्र बाजुराको कृषकलाई अनुरोध

  • बुधबार, साउन १८, २०७९
स्याउ टिप्न हतार नगर्न कृषि ज्ञान केन्द्र बाजुराको  कृषकलाई अनुरोध
फाइल तस्विर

बाजुरा — बाजुराका स्याउ उत्पादक कृषकहरूलाई अहिले स्याउ टिप्ने समय नभएकोले हतार नगर्न कृषि ज्ञान केन्द्र बाजुराले अनुरोध गरेको छ । हिजो आज मार्तडी बजार लगायत जिल्लाको माथिल्लो क्षेत्रका स-साना बजारमा काँचाे स्याउ बेच्न सुरु गरिएकाे पाइएकाेले कृषकहरूले स्याउ नटिप्न कृषि ज्ञान केन्द्र बाजुराले अनुरोध गरेको हो ।
बाजुुराको स्याउ पाक्ने सिजन सुरु नभएकोले केही समय धैर्य गर्न कृषि ज्ञान केन्द्र बाजुराले अनुरोध गरेको सुचना अधिकारी मिन प्रसाद जैशीले बताए । बाजुरामा स्याउ राम्रो संग नपाकेकोले कृषकलाइ अहिले हतार नगर्न र नटिप्न अनुरोध गरेको सुचना अधिकारी जैशीले अनुरोध गरेका छन ।
बाजुराको स्याउ राम्रोसँग पाक्ने अर्थात रस र गुलियोपन भरियर मिठो हुने भनेको भदौ १५-२० गते पछि मात्रै रहेकोले हतारमा स्याउ टिपेर खेर नफाल्न अनुरोध गरेको कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी जैशीको भनाई रहेको छ । अहिले बर्षादको कारण यातायातको सुविधा पनि नभएको र स्याउ टिप्ने बेला पनि नभयकोले स्याउ टिप्न हतार नगर्न अनुरोध गरिएको सुचना अधिकारी जैशीले बताए ।
कृषि ज्ञान केन्द्र बाजुराले समूह तथा सहकारी मार्फत स्याउ ढुवानि गर्न चाहने कृषकलाई विगत बर्ष झै स्याउ ढुवानि अनुदानमा सहयोग कार्यक्रम यो बर्ष पनि निरन्तर रहेको जनाएको छ । प्याकिङका लागि कार्टुन पनि उपलव्ध गराउने र त्यसका लागी प्रकृया शुरू कृषि ज्ञान केन्द्रबाट भइरहेको सुचना अधिकारी जैशीको भनाई रहेको छ ।
काँचो र चुकिलो स्याउ बेच्न हतार गरेर स्याउको कमसल गुणस्तरका कारण बजारलाई बिगार्ने काम भईरहेकोले कृषकहरुले यस्तो नगर्न कृषि ज्ञान केन्द्र बाजुराले अनुरोध समेत गरेको छ ।
जसले एकपटक खायो, उसले स्वाद थाहा पायो भन्ने हाम्रो नारालाई स्थापित हुने गरि स्याउको बजारीकरण गर्न कृषि ज्ञान केन्द्रले कृषकको हितमा काम गरिरहेकोले कृषकहरुले बानी बानी परिर्वतन गर्न जरुरी रहेको ज्ञान केन्द्रले जनाएको छ । बाजुरामा १ सय ७० हे क्षेत्रफलमा स्याउ खेती हुने गरेको छ । बाजुरामा १ हजार २० मे. टन स्याउ उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराको तथ्याङ्कमा उल्लेख गरिएको छ । जिल्लाका स्वामिकार्तिक खापर, जगन्नाथ, हिमालि गाउँपालिका र बुढीनन्दा नगरपालिकामा स्याउ राम्रो फल्ने स्थानिय तहका रुपमा रहेका छन । छिटपुट रूपमा गौमुल, बडिमालिका, त्रिवेणी र खप्तड छेडेदहमा पनि स्याउ खेती शुरू भयको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । यो बर्ष अघिल्लो बर्षको भन्दा ३० प्रतिशतले स्याउ उत्पादन बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार