• होमपेज
  • बाजुरा बिशेष
  • गर्भवती महिलाको उद्धारका लागि हेलिकप्टर नआएपछि एम्बुलेन्सबाटै पठाईयो

गर्भवती महिलाको उद्धारका लागि हेलिकप्टर नआएपछि एम्बुलेन्सबाटै पठाईयो

  • बुधबार, साउन १८, २०७९
गर्भवती महिलाको उद्धारका लागि हेलिकप्टर नआएपछि एम्बुलेन्सबाटै पठाईयो

बाजुरा — जिल्ला अस्पताल बाजुरामा हेलिकप्टरको पर्खाईमा रहेकी गर्भवती महिला जेनि राई नाथलाई एम्बुलेन्स बाट पठाईएको छ । ४ दिन देखी हेलिकप्टरको पर्खाईमा रहेकी नाथको हेलिकप्टरबाट उद्धार गर्न नसक्दा एम्बुलेन्समा पठाएको जिल्ला अस्पताल बाजुराका निमित्त कार्यालय प्रमुख डाक्टर विपिन चौधरीले बताए ।

३ दिन देखी हेलिक्पटरको लागि पहल गर्दागर्दै मंगलबार दिउँसो १२ बजेर ५० मिनेटमा काठमाण्डाैँ बाट उडेको हेलिकप्टर मौसम खरावीका कारण बाजुरा आउन नसक्दा बिरामी आत्तिएर एम्बुलेन्समै पठाएको डाक्टर चौधरीले बताए । हेलिकप्टर आउन आज पनि मौसम खराव भएका कारण आत्तिएर एम्बुलेन्स मार्फत गइसेकाे प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारीले बताए ।
गर्भवती महिलाको राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत उद्धार गर्ने भए पनि माैसम खरावीका कारण उद्धारमा समस्या भएकाे प्रमुख जिल्ला अधिकारीले बताए ।
बच्चा तेस्रो भएकोले यहाँ सम्भब नभएको भन्दै अस्पताल बाजुराले रिफर गरेको डा. जस्मिता बलमपाकीले वताईन् । जेनिलाई ब्यथा लागेको ४ दिन भइसक्दा खराब मौसले उद्धार हुन नसकेको उनका आफन्तले बताए ।
एम्बुलेन्सद्धारा उद्धार गर्नका लागि साफेँ मार्तडी सडक अवरोध भएकोले एम्बुलेन्स सेवा पनि सम्भव नभएको जिल्ला अस्पताल बाजुराको भनाइ रहेको छ । प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले हेलिकप्टरको सबै पहल गरेको थियो खराब मौसमले हेलिकप्टर आउन नसकेको बताए ।

चर्चामा

सम्बन्धित समाचार