• होमपेज
  • बडिमालिका
  • जिल्ला अस्पताल बाजुरामा बिद्युत नहुँदा अक्सिजन अभाव

जिल्ला अस्पताल बाजुरामा बिद्युत नहुँदा अक्सिजन अभाव

  • मङ्लबार, साउन १७, २०७९
जिल्ला अस्पताल बाजुरामा बिद्युत नहुँदा अक्सिजन अभाव

बाजुरा–जिल्ला अस्पताल बाजुरामा अक्सिजन अभाव भएको छ । जिल्ला अस्पताल बाजुरामा संचालन गरिएको अक्सिजन पलान्टमा बिद्युत आपुर्ती नुहँदा अक्सिजनको अभाव भएको हो ।

अक्सिजन उत्पादनका लागि बनाएको प्लान्ट सञ्चालन गर्न हाई भोल्टेजको बिद्युत वा जेनेटरबाट मात्रै संचालन हुँने हुँदा जिल्ला अस्पताल बाजुरामा समस्या भएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर मिलन जोशीले बताए । यस अघि जिल्ला अस्पतालमा रहेको जेनेटरबाट उत्पादन गर्दै आएको अक्सिजन पलान्ट केही दिन देखी जेनेटर बिग्रिएका कारण अक्सिजन उत्पादनमा समस्या भएको डाक्टर जोशीले बताए ।

अक्सिजन अभावमा जटिल प्रकारका बिरामीलाई जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता रहेको जिल्ला अस्पताल बाजुराले जनाएको छ । मार्तडीमा रहेको बिद्युतको पनि पावर थोरै भएकोले अक्सिजन पलान्ट संचालनमा समस्या हुदा बिरामीहरुका लागि सहज रुपमा अक्सिजन चाहिने बिरामीहरुलाई समस्या हुने गरेको अस्पताल बाजुराले जनाएको छ ।

सम्बन्धित स्थानमा उपचार सम्भव नभएपछि मात्र धेरै बिरामी रेफर गर्न बाध्य भएको अस्पतालले श्रोतले जनाएको छ । जिल्ला अस्पताल बाजुरामा स्थापना गरिएको अक्सिजन पलान्ट संचालनमा ल्याउन हाई स्पिड बिद्युतको आबस्यक पर्ने भएकोले नेपाल बिद्युत प्राधिकरणले हाल संचालनमा ल्याएको बिद्युतले समेत धान्न नसकेको अस्पताल बाजुराले जनाएको छ ।

यस अघि थोरै थोरै मात्रमा जेनेटर चलाएर अक्सिजन सिलिण्डर भर्ने गरेको भए पनि केही दिन देखी जेनेटर पनि बिग्रेका कारण सिलिण्डर भर्न नपाएको जिल्ला अस्पताल बाजुराले जनाएको छ । धनगडीबाट अक्सिजन ल्याउन पनि बाटोको समस्या भएकोले अक्सिजनको आवस्यकता परेका बिरामीहरुलाई रेफर गर्नुपर्ने अबस्था आएको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार