आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका ४ का सौरे उखेडाको घर निर्माण सँगै खाद्यन्न सहयोग

बडिमालिका ४ का सौरे उखेडाको घर निर्माण सँगै खाद्यन्न सहयोग

  • बिहिबार, साउन १९, २०७९
बडिमालिका ४ का सौरे उखेडाको घर निर्माण सँगै खाद्यन्न सहयोग

जंग रावल/बाजुरा–बडिमालिका नगरपालिका ४ रिलाका सौरेको उखेडाको घर निर्माण भएको छ । घर निर्माण सँगै खाद्यन्न, लुगाकपडा, भाडाकुडा सहयोग गरिएको वडा सदस्य तुलसी नाथले वताएकि छन् ।
सौरे उखेडाको परिवार बिच्चलीमा परेको खबर बडिमालिका खबरमा समचार प्रकाशित पछि घर निर्माण भएको हो । घर निर्माणमा समन्वय, सहकार्य तथा सहयोग बडिमालिका मिडिया हाउसले गरेको थियो । उनको परिवार अलपत्र परेको जानकारी वडा अध्यक्ष अर्जुन नाथले जानकारी पछि बडिमालिका खबरको टिम रिपोटिङ्गमा पुगेको थियो ।
समचार प्रकाशित पछि सौरे उखेडालाई सहयोग जुटेर घर निर्माण भएको हो । सौरे उखेडाको परिवारलाई काठमाडौ घर भइ हाल अमेरिका बस्दै आएका अमर क्षेत्री, विश्व किर्तीमानि तथा हिमाल आरोयी जाङ्ग्बु शेर्पा, बिदेशी नागरिक Margarita Parrish Serrano, फिल्म निर्माता तथा कलाकार अमृत ढुङगाना, भुटानी नागरिक जमुना मोक्तान, जापान बस्ने विरबल केसी र काठमाडौ निवासी सिता केसीले सहयोग गर्नु भएको हो ।
सौरे परिवारको परिवार २ महिना देखी बिच्चलीमा परेको छ । घर निर्माण सँगै अन्य सहयोग पाउदा निकै खुशी भएको सौरे उखेडाकी श्रीमति बिस्ना उखेडाले वताईन् । हामी अलपत्र थियौ, अरुको घरको गोठमा बस्दै आएका थियौ, घर बनाइ दिनु भयो हाम्रा लागि भगवना भएको बिस्नाले वताईन् ।
२० बर्ष पहिले परिवार पाल्नकै लागी भारत गएका सौरे उखेडाको परिवार भारत गएको थियो । दुई महिना पहिला नेपाल आएका सौरेका ३ जना परिवारमा खान बस्न निकै समस्या परेको थियो । उखेडाले परिवारलाई २० बर्ष भारतमा गएर चौकीदारी गर्दै जेनतेन परिवार पाल्दै आएका थिए । चौकीदारी गर्ने क्रममा उनले एक खुट्टा गुमाए र अर्को आँखा समेत गुमाएका थिए ।
उनको जेठो छोरा भारतमा बेपत्ता छन् । उनका ३ छोरी भारतमै बिहे गरिसकेकी छन् । माइलो छोराको उपचार अभाबमा भारतमा मृत्यु भयो । सौरेले भारतमा काम गर्न नसक्ने भएपछि उनि २० बर्ष पछि जन्मघर फर्किए । बिस बर्ष पहिले घर छोडेर गएका सौरे उखेडा र उनकी श्रीमती र १५ बर्षिया छोरा घर फर्किदा उनको घरको कुनै नाम निशाना समेत रहेको थिएन ।
बस्ने घर र बस्ने बाँस्ने अर्कोतिर बृद्ध भएका उखेडा दम्पतीलाई औषधि खाने पैसासम्म पनि नहँुदा बिरामीले थलिएका छन् । उनको १५ बर्षिया छोराको पढाई समेत बञ्चित भएको थियो ।
२० बर्षको अन्तरालमा आफ्नै जन्मभुमि आएका उखेडको खरले छाएको छानो उजाडीएको छ भने खाने कुरा समेत केही थिएन् । सौरेको उमेर ७८ बर्ष भयो उनकी श्रीमतीे उमेर ७२ बर्षकी भएकी छन् । सौरेको खुट्टा मा रड हालेकै छ तर रड निकाल्ने समय भईसकेको भए पनि आर्थिक श्रोत नुहुदा भाँचिएको बेला हालेको रड निकाल्न पाएका छैनन ।

चर्चामा

सम्बन्धित समाचार