शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराका जनप्रतिनिधीले ५ बर्षमा ३० करोड भन्दा बढि रकम बुझे

बाजुराका जनप्रतिनिधीले ५ बर्षमा ३० करोड भन्दा बढि रकम बुझे

  • बिहिबार, साउन १९, २०७९
बाजुराका जनप्रतिनिधीले ५ बर्षमा ३० करोड भन्दा बढि रकम बुझे

लक्ष्मीराज पाध्याय/बाजुरा — बाजुराका ९ स्थानिय तहका जन प्रतिनिधीले गएको ५ बर्षमा ३० करोड भन्दा बढि रकम बुझेका छन । स्थानिय तह निर्बाचान २०७४ मा निर्बाचित बाजुराका जनप्रतिनधीले सेवा सुबिधा मार्फत सो रकम बुझेका हुन । ५ बर्षमा बाजुराका जनप्रतिनीधीहरुले ३० करोड ४७ लाख १८ हजार २ सय ५० रुपैया सेवा सुबिधा वाफत रकम लिएको पाईएको छ ।
महा लेखा परिक्षकको कार्यालयको तथ्याङ्क अनुसार जिल्ला ९ ओटै स्थानिय तहका जनप्रतिनधीहरुको सेवा सुबिधा बापत लिएको रकम उल्लेख गरेको छ । आथिर्क बर्ष ०७७÷०७८ को प्रतिबेदन अनुसार जिल्लामा सबै भन्दा बढि सेवा सुबिधा लिनेमा बुढिनन्दा नगरपालिकाका जनप्रतिनिधीको रहेको छ । बुढिनन्दा नगरपालिकाका जन प्रतिनिधीले आर्थिक बर्ष ०७७÷०७८ मा ९८ लाख ८५ हजार ५ सय रुपैँया सेवा सुबिधा वाफत बुझेको मलेपको रिर्पोटमा उल्लेख गरिएको छ ।
त्यसै गरी बडिमालिका नगरपालिकाका जनप्रतिनिधीले ९१ लाख ४५ हजार ५ सय रुपैँया सेवा सुबिधा वाफत बुझेको रिर्पोटमा उल्लेख गरिएको छ । गौमुल गाउँपालिकाका जन प्रतिनिधीहरुले ६२ लाख ६५ हजार ५ सय रुपैँया बुझेको देखीएको छ ।
त्यस्तै खप्तड छेडेदह गाउँपालिकाका जनप्रतिनधीले ७२ लाख ५५ हजार लिएको तथ्याङ्कमा उल्लेख गरिएको छ । जगन्नाथ गाउँपालिकाका जनप्रतिनिधीले ६२ लाख ४ हजार लिएको पाईएको छ ।
बुढिगंगा नगरपालिकाका जनप्रतिनिधीहरुले ५३ लाख ६ हजार ५ सय रुपैया बुझेको पाईएको छ । त्यसै गरि हिमाली गाउँपालिकाका जनप्रतिनिधीले ६४ लाख ४५ हजार ५ सय बुझेको मलेपको रिर्पोटमा उल्लेख गरिएको छ ।
त्यस्तै त्रिबेणी नगरपालिकाका जनप्रतिनिधीहरुले ५२ लाख ९५ हजार १ सय ५० रुपैया सेवा सुबिधा वाफत लिएको रिर्पोटमा उल्लेख गरिएको छ । स्वामिकार्तिक खापर गाउँपालिकाका जनप्रतिनिधीहरुको ५१ लाख ७ हजार गरि आर्थिक बर्ष ०७७÷०७८ मा बाजुराका ९ स्थानिय तहका जनप्रतिनीधीहरुले ६ करोड ९ लाख ४३ हजार ६ सय ५० रुपैँया सेवा सुबिधा वाफत बुझेको मलेपको रिर्पोटमा उल्लेख गरिएको छ ।
स्थानिय तहको सेवा सुबिधामा भने एकरुपता नभएको पाईएको छ । हरेक आर्थिक बर्षमा हरेक पालिकाको फरक फरक सेवा सुबिधा वाफत रकम लिएको पाइएको छ । स्थानिय तह निर्बाचन २०७४ बाट निर्बातिच जनप्रतिनिधीहरुले ५ बर्ष कार्यकालमा ३० करोड ४७ लाख १८ हजार २ सय ५० रुपैया सेवा सुबिधा वाफत रकम लिएका छन । १० वटा वडा रहेको बुढिगंगा नगरपालिकाले अरु स्थानिय तहको भन्दा कम सेवा सुबिधा लिएको पाईएको छ ।

चर्चामा

सम्बन्धित समाचार