शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • जन स्वास्थ्यका मापदण्ड पालना गर्न जिल्ला प्रशासनको आग्रह

जन स्वास्थ्यका मापदण्ड पालना गर्न जिल्ला प्रशासनको आग्रह

  • शुक्रबार, साउन २०, २०७९
जन स्वास्थ्यका मापदण्ड पालना गर्न जिल्ला प्रशासनको आग्रह

बाजुरा — कोभिड १९ को संक्रमण दिनानुदिन बढ्दै गएकोले जन स्वास्थ्यका मापदण्ड पालना गर्न जिल्ला प्रशासन कार्यालय बाजुराले अनुरोध गरेको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय बाजुरामा प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द अधिकारीको अध्यक्षतामा बसेको कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको बैठकले सो निणर्य गरेको हाे ।

जिल्लाको टाटेँ स्वास्थ्य चौकीमा एक जनामा कोराना एन्टीजिन पोजेटिभ देखीएकोले स्थानिय तहले आबस्यक ब्यस्थापन गर्न संकट व्यवस्थापन केन्द्रको बैठकले निर्देशन गरेको छ ।

त्यसै गरि कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि जिल्लाका ५ बर्ष देखी ११ बर्ष मुनिका बालबालिकाहरुलाई कोभिड १९ बिरुद्धको फाईजर खोप अभियान संचालन गर्ने निणर्य गरेको छ । सो अभियान भदौ ५ गते देखी १५ गते सम्म संचालन गर्न बैठकले निणर्य गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

कोभिड १९ रोकथाम तथा नियन्त्रण गर्न सार्बजनिक स्थल कार्यालय र भिडभाड हुने स्थल रमणिय स्थल तथा मेला लाग्ने ठाउँमा अनिबार्य मास्कको प्रयोग गर्न कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको बैठकले सो निणर्य गरेको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारीले बताएका छन ।

साथै जिल्लाका नौ ओटै स्थानिय तहका स्वास्थ्य संस्थाहरुमा आइसोलेशन, भ्यन्टिलेटर, आइसियू र शैया थप गरि अक्सिजन ब्यबस्थापन लागयत आबस्यक ब्यवस्थापन गर्न अनुरोध गरिएको छ । साथै नौ ओटै स्थानिय तहमा एन्टीजन टेस्ट लागायत कोरोना टेस्टको दायरा बढाउन अनुरोध गर्न बैठकले निणर्य गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार