आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका ३ का क्यान्सर पिडीत सार्कीलाई आर्थिक सहयोग

बडिमालिका ३ का क्यान्सर पिडीत सार्कीलाई आर्थिक सहयोग

  • बुधबार, साउन १८, २०७९
बडिमालिका ३ का क्यान्सर पिडीत सार्कीलाई आर्थिक सहयोग

बाजुरा — बडिमालिका नगरपालिका ३ रजालि बस्ने भिडि सार्की २० बर्षको छोरा क्यान्सर पिडित प्रकाश सार्कीको उपचारका लागि आर्थिक सहयोग जुटेको छ । शार्कीकी आमाभिडि शार्कीले छोरो बचाउनका लागि सदरमुकाम मार्तडीमा गुहार गरेपछि केही रकम संकलन भएको हो । स्थानिय युवा प्रसाद रावल, प्रकाश खड्का र प्रेम नेपालीले केही राहत संकलन गरी आफन्तलाई हस्तान्तरण गरेका छन । युवाहरुले केही दिनमा देश तथा बिदेश र सदरमुकाम मार्तडीमा संकलन गरेको १ लाख ४ हजार ५ सय ६० रुपैयाँ संकलन भएको रकम हस्तान्तरण गरेको प्रसाद रावलले बताएका छन । भिडीको २० बर्षको छोरा प्रकाश सार्की शुशिल कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा जिवन मरणको दोसाधमा रहेका छन् । उनको आर्थिक स्थिती कमजोर भएकोले उनकी आमाले सहयोगका लागि हारगुहार गर्दा युवाहरुले अभियानमार्फत संकलन गरेको रकम समाज सुधार युवा क्लव मार्फत हस्तान्तरण गरेको संजालका अध्यक्ष प्रेम नेपालीले बताए ।

डडेल्धुरा अस्पताल बाट रिफर गरेका प्रकाशको आर्थिक अभाबमा अहिले जिवनमरणको दोसाधमा रहेका सार्कीको उपचारका लागि थप अभियान समेत संचालनमै रहेको उनले बताएका छन । प्रकाशको डडेल्धुरा अस्पतालमा आन्द्राको अप्रेसन गरेको थियो । पहिला अस्पतालले आन्द्रा च्यापिएको भनेर अप्रेसन गरेको थियो । अप्रेसन गर्दा आन्द्रामा मासु पलाएको क्यान्सर हुन सक्ने भन्दै डडेल्धुरा अस्पतालले शुशिल कोइराला क्यान्सर अस्पतालमा रिफर गरेको थियो । अस्पतालमा चेकजाँच गर्दा क्यान्सर देखाएको प्रकाशका आफन्तहरुले बताएका छन ।
गत पुषमा बुवा जया सार्की गुमाएका प्रकाश अहिले आफै मृत्युको शै्यामा तड्पिरहेका छन् । प्रकाशकी आमा भिडी अहिले छोरा बँचाउनका लागि भौतारिरहेकी छन् । सदरमुकाम मार्तडीमा नगरपालिका तथा सरकारी कार्यलय धाइरहेकी छन् । भिडिले रुदै भनिन्, पुषमा पैसा नभएर उपचार गर्न नसक्दा श्रीमानको मृत्यु भयो, फेरी छोरा जिवनमरणको दोसाधमा रहेको छोरा बचाईदिन आग्रह गरिन् ।
शुशिल कोइराला क्यान्सर अस्पतालले अहिले किमो चलाएर अप्रेसन गरेको घाउ सुक्न लगाउने त्यसपछि मात्र अप्रेसन गर्ने वताएको छ । प्रकाशलाई किमो चलाउन देखी अस्पतालमा एक बोतल पानि किन्ने पैसा नभएको वताए । उपचार त धेरै टाढाको बिषय हो, सिटामोल किन्ने पैसा समेत नभएको प्रकाले बडिमालिका खबर सँग वताए ।
पेट दुखेर अछामको बयलपाटा अस्पताल पुगेका प्रकाश डडेल्धुरा अस्पताल हुदै शुशिल कोइराला क्यान्सर अस्पतालको शै्यामा तड्पिरहेका छन् । उनको परिवार क वर्गको गरिब परिवार रहेका छन । भिडीका ७ जना परीवार रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार