बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • भदौ पहिलो साताबाट जिल्ला अस्पतालमा बिषशेज्ञ सहितको सेवा दिन्छौ : अध्यक्ष कार्की

भदौ पहिलो साताबाट जिल्ला अस्पतालमा बिषशेज्ञ सहितको सेवा दिन्छौ : अध्यक्ष कार्की

  • शुक्रबार, साउन २०, २०७९
भदौ पहिलो साताबाट जिल्ला अस्पतालमा बिषशेज्ञ सहितको सेवा दिन्छौ : अध्यक्ष कार्की

बाजुरा — जिल्ला अस्पताल बाजुराका व्यवस्थापन समिति अध्यक्ष मान बहादुर कार्कीले जिल्ला अस्पतालमा भदौ पहिलो साताबाट बिषशेज्ञ सहितको सेवा दिने बताएका छन । शुक्रबार बिहान जिल्ला अस्पताल बाजुराको आयोजनामा गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष कार्कीले यस्तो बताएका हुन । लामो प्रयास पछि स्त्रिरोग बिषशेज्ञ, एमडिजिपी डाक्टर ल्याउन पहल भईरहेको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष कार्कीले बताए ।
जिल्ला अस्पताल बाजुरामा मन्त्रालयले एमडीजिपी डाक्टर पठाउन आनाकानी गरको भए पनि बिभिन्न संचारमाध्याममा समाचार प्रकाशन पछि मन्त्रालयबाट ठाक्टर पठाउन सकरात्मक रहेकोले जिल्लाको समस्या टर्ने बिस्वास रहेको अध्यक्ष कार्कीले बताए । बिशेष गरी जिल्ला अस्पताल बाजुरामा एमडीजिपि तथा बिशेषज्ञ चिकित्सक नहुँदा समस्या भएको अस्पतालले भनाइ रहेको छ ।

अस्पताल बाजुराले टाढाटाढाबाट उपचारका लागि आएका बिरामीहरुलाई प्रभावकारी बनाउन हर प्रयास भइरहेको जिल्ला अस्पताल बाजुराका निमित्त कार्यालय प्रमुख डाक्टर मिलन जोशीले बताए ।
जिल्ला अस्पताल बाजुराले पटकपटक एमडीजिपी डाक्टर बाजुरामा अति आवस्यक रहेको भन्दै पत्राचार गरेको भए पनि संबन्धीत निकायले चासो नदिएको अस्पताल व्यबस्थापन समितिले जनाएको छ । जिल्ला असपताल बाजुरामै प्रभाकारी सेवा दिनका लागी स्थानीय प्रदेश र संग सरकार पनि जिम्मेवार नबनेको अस्पताल श्रोतले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार