आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा एमडीजिपि डाक्टर पठाउन मन्त्रालय आनकानी गर्दै

बाजुरामा एमडीजिपि डाक्टर पठाउन मन्त्रालय आनकानी गर्दै

बाजुरामा एमडीजिपि तथा बिशेषज्ञ डाक्टर नहुदा समस्या

  • बिहिबार, साउन १९, २०७९
बाजुरामा एमडीजिपि डाक्टर पठाउन मन्त्रालय आनकानी गर्दै

बाजुरा–जिल्ला अस्पताल बाजुरामा एमडीजिपि तथा बिशेषज्ञ चिकित्सक नहुदा समस्या भएको छ । सामान्य खाले अप्रेसनका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता रहदै आएको छ । सामान्य घाउ देखी हड्डीको अप्रेसनका लागि पनि जिल्ला बाहिर पठाउनु पर्ने बाध्यता रहेको अस्पताल ब्यबस्थापन समिति अध्यक्ष मान बहादुर कार्कीले वताए ।
बडिमालिका नगरपालिका १ बस्ने २० बर्षयी सुजाता रोकायालाइ अस्पताल बाजुराले रिफर गरयो । पैसा नभएर उनका आफन्तलाई बयलपाटा लिन पनि धेरै सकस भयो । अस्पतालमा एमडीजिपि तथा बिशेषज्ञ डाक्टर भएको जिल्ला अस्पताल उपचार हुने थियो, एमडीजिपि चिकित्सक नहुदा जिल्ला बाहिर पठाउनु परेको अस्पतालका एक चिकित्सकले वताए ।
सुजातालाई आफन्त रिन काढेर बयलपाटा अस्पताल लगेका छन् । जिल्ला अस्पताल बाजुारमा ३ बर्ष देखी एमडीजिपि तथा बिशेषज्ञ चिकित्सक नहुदा सुजादा जस्तै धेरै बिरामी जिल्ला बाहिर जानुपर्ने बाध्यता रहदै आएको छ । ३ बर्ष पहिला स्वास्थ्य मन्त्रालयको सहकार्यमा निक साइमन्स इन्स्टिच्युटलले NIs\ (Nick simons Institute) जिल्ला अस्पताल बाजुरामा एमडीजिपि चिकित्सक डा. दुर्गा मर्हजन थिए । उहाँ गइसकेपछि नयाँ कोही नआउदा बाजुराबासीले समस्या भोग्दै आएका छन् ।
अहिले सामान्य बिरामीको जाँच तथा अन्यत्र र्पुयाएर उपचार गराउनुपर्दा आर्थिक व्ययभार खेप्नुपर्ने परेको छ । पहिला जिल्लामा एमडीजिपि हुदा एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिल, पाइल्स, हड्डी भाँच्चिएको लगायत अप्रेशन सेवा जिल्ला अस्पतालबाटै प्रदान भइरहेको थियो । तिन बर्ष देखी यो कुनै पनि रोगको बाजुरा उपचार नभएको अस्पतालले जनाएको छ ।
भौगोलिकट बिकटता र स्वास्थ्य सेवा बाट बिमुख रहेको बाजुरामा स्वास्थ्य मन्त्रालयले पनि बाजुरा एमडीजिपि पठाउन निकै आनाकानी गरिरहेको छ । बर्षमा छात्रबृत्ति बाट २० जना बढी एमडीजिपि उत्पादन हुने गरेका छन् । अहिले पनि १८ जना रहेका थिए, तर बाजुरा पनि एकजना नपठाएको मन्त्रालयको एक स्रोतले वताएको छ ।
स्वास्थ्य मन्त्रालयका सचिब रोशन पोखरेलले बाजुरा बिस्तारै पठाउने बताए । उनले बाजुरामा किन एमडीजिपि चिकित्सक किन नपठाएको भन्दा उल्टै आनाकानी गरेका छन् । बाजुरामा चिकित्सक पठाउन राज्यले चासो नगरेको नागरिक अगुवाले वताए ।
बझाङ पठाइएका एमडीजीपी डाक्टर अन्वेष कोइराला जिल्ला अस्पताल बाजुरामा जान तयार छन् । यसका लागि उनले मन्त्रालयमा निवेदन समेत दिएका छन ्। उनले निवेदनमा लेखेका छन्, ‘बझाङ जिल्ला अस्पतालमा दुईजना एमडी (विशेषज्ञ) डाक्टर रहेकाले अभाव भएको बाजुरामा सेवा गर्न अनुमति दिन अनुरोध गर्दछु ।’

अस्पताल व्यवस्थापन समितिले उनलाई जिल्ला अस्पताल बाजुरा सरुवा गरिदिन मन्त्रालयलाई अनुरोध समेत गरेको छ । तर मन्त्रालयले बाजुरा पठाउन कुनै सुरसार गरेको छैन् ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर कार्की जिल्ला अस्पताल बाजुराले कहिल्यै दरबन्दी अनुसार जनशक्ति पाउन नसकेको बताउँछन् । आफूले पटक–पटक माग गर्दा पनि मन्त्रालयले वास्ता नगरेको बताए । उनले भने, ‘हामी आफैंले पहल गरेर बझाङमा रहेका छात्रवृत्तिका एमडीजीपी डाक्टर बाजुरा पठाउन मन्त्रालयलाई पत्र लेखेका थियौं । तर मन्त्रालयले त्यसबारे चासो देखाएको छैन । उहाँ नभए अरु नै पठाउन भन्दा पनि सुनुवाइ भएको छैन ।’
बाजुरामा विशेषज्ञ डाक्टर नहुँदा सामान्य अप्रेसनका लागि समेत रिफर गर्नुपर्ने अवस्था छ । अहिले सडकमार्ग समेत अवरुद्ध हुँदा उद्धारका लागि हेलिकोप्टरको विकल्प नभएको उनी बताउँछन् । साँफे मार्तडी सडक खण्ड बर्षाले अबरोध हुदा जिल्ला बाहिर बिरामी लिन निकै समस्या भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार