बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • जगन्नाथ
  • बाजुरा : गर्भवती महिलाको उद्धारका लागि आएको हेलिकप्टर बिचबाटोमै अड्कीयो

बाजुरा : गर्भवती महिलाको उद्धारका लागि आएको हेलिकप्टर बिचबाटोमै अड्कीयो

  • मङ्लबार, साउन १७, २०७९
बाजुरा : गर्भवती महिलाको उद्धारका लागि आएको हेलिकप्टर बिचबाटोमै अड्कीयो
फाइल तस्विर

बाजुरा — सुत्केरी हुन नसकेकी महिलाको उद्धारका लागि बाजुरा आउन लागेको हेलिकप्टर बिच बाटोमै अड्कीएको छ । अस्पताल बाजुरामा हेलिकप्टरको पर्खाईमा रहेकी गर्भवती महिलाका लागि आएको हेलिकप्टर मौसम खराविका कारण बिच बाटोमै अड्किएको छ ।
तिन दिन देखी सुत्केरी हुन नसकेकी जगन्नाथ गाउँपालिका २ की २३ बर्षिया जेनि राई नाथ अस्पताल बाजुरामा हेलिकप्टरको पर्खाइमा रहेकी छन् । स्थल मार्ग बाट लिन पनि सजिलो नभएकाले उनि हेलिकप्टरको पर्खाइमा राखिएको अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष मान बहादुर कार्कीले वताए ।
गर्भवती महिलाको राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत उद्धार गर्न लागिएको हो । जिल्ला बाट महिला तथा बालवालिकामा मन्त्रालयमा मंगलवार बिहानै हेलिकप्टरका लागि पत्रचार गरेको थियो । सुर्खेतमा कुनै पनि हेलिकप्टर नहुदा काठमाडौ बाट नेपाली सेनाको हेलिकप्टर बाजुरा आउन लागेको हो ।
हेलिकप्टरको पहल लागि पहल गर्दागर्दै दिउसो १२ बजेर ५० मा काठमाण्डौ बाट उडेको हेलिकप्टर बाजुरा पुग्न सकेको छैन । खराब मौसमका कारण तनहुँ जिल्लाको एउटा खेतमा ल्याण्ड गरेर त्यतै अट्किएको नेपाली सेनाको श्रोतले जनाएको छ । मौसम सफा भए मात्र सुर्खेत आउने रहेको सेनोले वताएको छ । सुर्खेत बाट बाजुरा हेलिकप्टर पुग्न ४० मिनेट भन्दा बढी समय लाग्ने गरेको छ ।
आफन्तले आइतवार साँझ कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा बोकेर ल्याएका थिए । केन्द्रले रिफर गरेपछि आइतबार कोल्टीमा जहाजमा नेपालगञ्ज लिने तयारी थियो । खराब मौसले कोल्टिमा जहाज नआएपछि बोकेरै जिल्ला अस्पताल बाजुरामा ल्याईएको थियो । जिल्ला अस्पतालमा पनि सम्भव नभएको भन्दै जिल्ला अस्पताल बाजुराले सोमबार राति रिफर गरेको थियो ।
बच्चा तेस्रो रहेकोले यहाँ सम्भब नभएको भन्दै अस्पताल बाजुराले रिफर गरेको डा. जस्मिता बलमपाकीले वताईन् । जेनिलाई ब्यथा लागेको ३ दिन भइसक्दा खराब मौसले उद्धार हुन नसकेको उनका आफन्तले बताए । एम्बुलेन्सद्धारा उद्धार गर्नका लागि साफेँ मार्तडी सडक अवरोध भएकोले एम्बुलेन्स सेवा पनि सम्भव नभएको जिल्ला अस्पताल बाजुराको भनाइ रहेको छ । प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले हेलिकप्टरको सबै पहल गरेको थियो खराब मौसमले हेलिकप्टर आउन नसकेको बताए ।

चर्चामा

सम्बन्धित समाचार