आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • देश
  • बाजुराको माछा पोखरीमा बाढि पसेपछि माछा मरे

बाजुराको माछा पोखरीमा बाढि पसेपछि माछा मरे

  • शनिबार, साउन २१, २०७९
बाजुराको माछा पोखरीमा बाढि पसेपछि माछा मरे

जंग रावल  — बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर ६ स्थित साउँदको माछा पोखरीमा अविरल बर्षा संगै आएको बाढिका कारण धमिलो पानीले माछा मर्न थालेका छन् । बडिमालिका ६ कोर्धका विक्रम साउँद र विमल साउँदले माछा पालन गर्दै आएको माछा पोखरीमा बाढि पसेपछि पोखरीका माछा मरेका हुन ।

बडिमालिका नगरपालिकाको प्रमुख पर्यटकीय गन्तव्य विरेखोला झरनाको छेउमै साउँद दाजु भाईले संचालन गरेको माछा पोखरीमा अविरल बर्षा संगैको बाढि र धमिलो पानीका कारण माछा मरेका बिक्रम साउँदले बताएका छन । स्थानीय दुई दाजुभाइले सयुक्त लगानीमा ट्राउट माछा पालन सुरु गरिरहेका थिए । साउँद दाजुभाईले व्यक्तिगत लगानीमा माछा पालन ठुलो लगानी र मेहेनतले फस्टाइ रहेको भए पनि बर्षा संगै आएको बाढिका कारण माछा मर्न थालेको साउँले बताए ।

बर्षाको पानीले माछा मरेपछि केहि माछा भने बजारमा बिक्रीको लागि ल्याएको र केहि माछा पानीले बगाएर नदिमा गइसकेको साउँद दाजुभाईले बताए । चिसो र संग्लो पानीमा मात्र पाल्न सकिने माछा भएकोले अविरल बर्षाको पानीले भिरालो ठाउँबाट पानी बगेर पोखरीमा मिसिएपछि माछालाई स्वास प्रस्वास लिन असहज भई माछाहरु मर्न लागेको साउँदले बताए ।

माछा पालन दाजु भाई भन्छन ,सुरुमा ५ लाखमा खरिद गरेर ल्याएका माछाका भुराहरु बीचमै गर्मीका कारण मरेका थिए । तर हिम्मत नहारेरै फेरि थप लगानी गरेर ६ महिना देखि माछा पालन सुरु गर्यौँ तर फेरि लगानी खेर गएको उनले बताए ।

हालसम्म १७ लाख व्यक्तिगत लगानी र ५ लाख जिल्ला भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको अनुदान सहयोगबाट सुरु गरिएको छ । जिल्लामै पहिलो अभ्यासका रुपमा थालिएको माछा पालन सफल हुने देखिएको भए पनि अनुकुलित वातावरण नहुदा समस्या हुने गरेको पाईएको छ ।

चर्चामा

सम्बन्धित समाचार