शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बडिमालिका
  • कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलो पटक चार जना चिकित्सक

कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलो पटक चार जना चिकित्सक

  • सोमवार, साउन १६, २०७९
कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलो पटक चार जना चिकित्सक

बाजुरा–कुनै बेला अहेबको भरमा सञ्चालन हुने बाजुराको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा अहिले भने चार जना चिकित्सक रहेका छन् । पटक पटक प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक बिहिन बनेको खबर आइरहने कोल्टिमा अहिले भने चार जना चिकित्सले सेवा दिइरहेको स्थानिय बिस्न कार्कीले वताए ।
एकजना दक्ष आकस्मिक प्रसुति चिकित्सक सहित चारजना रहेका छन् । डा.प्रनब नेपाल दक्ष आकस्मिक प्रसुति चिकित्सक हुन् । डा. नरेश पाध्याय, डा. आशा शाहि र डा. चेत बहादुर धामी मेडिकल अधिकृत हुन् । प्रनबलाइ नगरपालिकाले राखेको हो भने अन्य तिन जना मन्त्रालयको करार मेडिकल अधिकृत रहेको डा. चेत बहादुर धामीले वताएका छन् ।
नगरपालिका र मन्त्रालयको सहकार्यमा चारजना चिकित्सकको ब्यबस्थापन गरेको बुढिनन्दा नगरपालिका नगर प्रमुख जनक कुमार बोहोराले वताएका छन् । चिकित्सक ब्यबस्थापन सँगै अन्य भौतिक पुर्वाधार पनि तयार गरिरहेको छौ, चाडै गुणस्तरीय सेवा प्रदान गर्ने रोकायाले वताए ।
कोल्टि प्राथमिक स्वास्थ्य केन्द्र बुढिनन्दा नगरपालिकामा पर्ने गर्छ । बाजुराको उत्तरी क्षेत्रका ४ वटा स्थानिय तह, हुम्ला, कालिकोट र मुगुका जनतालाई सेवा दिदै आएको छ । दैनिक सयको हाराहारीमा सेवा दिदै आएको स्वास्थ्य केन्द्रमा चिकित्सकको ब्यबस्थापन सँगै सेवा प्रभाबकारी भइरहेको स्थानिय हिकम्त वडले वताएका छन् ।
बिगतमा प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा उपचारका लागि महँगो हवाई भाडा तिर नेपालगञ्ज जानु परेको थियो । अर्को मार्तडी कोल्टि सडक बर्षात अबरुद्ध हुँदा समदरमुकाम मार्तडी लगायत अन्य ठाँउमा बिरामी लिन निकै समस्या हुने गरेको थियो । यो बर्षातमा ४ जना चिकित्सक हुदा बिगतका जस्तो समस्या भोग्नु नपरेको स्थानिय पत्रकार महेश कार्कीले वताएका छन् ।
बाजुराको हुम्ला, मुगु र कालिकोटका ५० हजार जनसंख्यालाई यो स्वास्थ्य केन्द्रले सेवा दिदै आएको छ । बिगतमा चिकित्सक नहुँदा बिरामीले सास्ति बेहेर्नु परेको थियो । त्यो क्षेत्रमा पोष्टमार्टम गर्नु परेमा पनि जिल्ला ल्याउनु पर्ने बाध्यता रहदै आएको थियो । सामान्य उपचारका लागि सदरमुकाम मार्तडी तथा जहाज चढेर नेपालगञ्ज जानुपर्ने बाध्यता टरेको छ ।
सामान्य मेडिकल अधिकृतको सेवा लिनका लागि धेरै पैसा खर्च गर्नुपर्ने बाध्यता हटेको छ । चिकित्सकलाई स्वास्थ्य केन्द्रमा बस्ने सम्पुर्ण वाताबरण नगरपालिकाले मिलाउने नगरप्रमुख बोहोराले वताए ।

चर्चामा

सम्बन्धित समाचार