आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • समाज
  • जुम्ल्याहा छोरा जन्माएको केही समयमै बाजुराकी सुत्केरीको मृत्यु

जुम्ल्याहा छोरा जन्माएको केही समयमै बाजुराकी सुत्केरीको मृत्यु

चार बर्षमा १३ गर्भवती तथा सुत्केरीको मृत्यु

  • आइतवार, साउन २१, २०८०
जुम्ल्याहा छोरा जन्माएको केही समयमै बाजुराकी सुत्केरीको मृत्यु
बाजुरा–बाजुराको खप्तडछेडेदह गाउँपालिका ४ खातिगाउँकी २९ बर्षयी रिठु धामिको जुम्ल्याह छोरा जन्माएको केही समयमै मृत्यु भएको छ । रिठुको सेति प्रादेशिक अस्पताल धनगढीमा आइसियुमा उपचारको क्रममा मृत्यु भएको आफन्त शुसिल धामिले वताएका छन् । 
रिठुको पेटमा दुइवटा बच्चा रहेको जानकारी पछि उनलाइ १ महिना पहिलानै बाजुराको गुदुखाति स्वास्थ्य चौकीले धनगढी रिफर गरेको थियो । रिठुले सेति प्रादेशिक अस्पताल शुक्रवार बिहान एउटा छोरा सामान्य जन्माएको अर्को छोरा भने अप्रेशन मार्फत जन्माएको अस्पतालले जनाएको छ । 
रिठुलाइ अफ्ठयारो भएपछि आईसियुमा राखेर उपचार गरिएको थियो । उपचारका क्रममा शनिवार साँझ आईसियु कक्षमा मृत्यु भएको आफन्तले वताएका छन् । उनिवटा जन्मीएका जुम्ल्याह छोरा भने जिवित रहेका छन् । आमाको मृत्युपछि नवजात शिशु भने बिच्चलीमा परेका छन् । रिठुका यो भन्दा पहिला ४ वटा सन्तान रहेका छन् । 
आमाको मृत्यु पछि जुम्ल्याह छोरा सहित ६ जना बच्चा बिचल्लीमा रहेको नेपालि काँग्रेसका युवा नेता ताल बहादुर रावतले वताएका छन् । आमाको मृत्युपछि नवजात जुम्ल्याह छोरा कसरि बचाउने चिन्ता भएको आफन्तले वताएका छन् ।
 रिठु जस्तै बाजुरामा ४ बर्षमा १३ जना गर्भवती तथा सुत्केरीको मृत्यु भएको छ । समयमै उपचार नपाउदा बाजुराका महिलाले अकालमै ज्यान गुमाउनु परेको छ । २०७६ सालमा ५ जना, २०७७ सालमा १ जना, २०७८ मा २ जना, २०७९ मा ३ जना र २०८० सालमा २ जना सुत्केरीको मृत्यु भएको छ ।
मृत्यु भएकि १३ मध्ये सुत्केरी ८ जनाको स्वास्थ्य संस्थामा, दुइजनाको घरमा र तिन जनाको धनगढी लैजादै गर्दा बाटामो मृत्यु भएको थियो । गर्भवती भएपछि नियमित गर्भजाँचको कमि र समयमै सुत्केरी गराउन स्वास्थ्य संस्था नपुर्याउँदाको परिणाम भएको खड्काको भनाइ छ ।
अर्को सुत्केरी भएको बेला आराम गर्न नपाउने, पोषिलो खानेकुरा नपाउँने, कडा परिश्रम गर्नुपर्ने वाध्यताले सुत्केरी महिलाले ज्यान गुमाउने गरेको स्वास्थ्यकर्मीले वताएका छन् । 
हुनत सरकारले हवाइ उद्धार कार्यक्रम सञ्चालन गरेको छ, तर पनि सुत्केरी महिलाको ज्यान जानेक्रम रोकिएको छैन । कडा परिश्रम, धेरै बच्चा जन्माउनु, कम उमेरमा बच्चा जन्माउन, स्वास्थ्य सेवा पहुँच बाट बिमुख हुनु जस्ता कारणले हवाइ उद्धार कार्यक्रम पनि प्रभावकारी हुनसकेको छैन ।  
नेपालीको औषत आयू ६९ बर्ष छ । तर, बाजुराका बासिन्दाको आयू ५९ बर्ष मात्रै छ । १४ प्रतिशत जनसंख्या ४० वर्षभन्दा बढी नबाँच्ने बाजुराका आमाहरुको अवस्था झनै दर्दनाक छ । जिल्लाको गरिबिकै कारणले अधिकांश बाजुरेलीको आयु कम र अस्वस्थ हुने गरेको बुढिगंगा नगरपालिका स्वास्थ्य संयोजक दिपक शाह बताउँछन् ।  
राज्यले सुरक्षित मातृत्व सुरक्षा नीति लिएको छ । तर त्यसको प्रभावकारी कार्यान्वयन नहुँदाको परिणाम बाजुरामा ४ वर्षको अवधीका मात्रै १३ जना सुत्केरीले ज्यान गुमाई सकेका छन् । सुरक्षा, संरक्षण, उद्दार र उपचार पद्दतीकै कमजोरीका कारण ती आमाहरुको अकालमै ज्यान गएको हो ।

चर्चामा

सम्बन्धित समाचार