शनिबार, जेष्ठ १२, २०८१
  • होमपेज
  • समाज
  • बाटोमै बच्चा जन्माउछन्, भोटे जनजाति महिला, चिसो पालमा बच्चा जोगाउन मुश्किल

बाटोमै बच्चा जन्माउछन्, भोटे जनजाति महिला, चिसो पालमा बच्चा जोगाउन मुश्किल

  • आइतवार, बैशाख २३, २०८१
बाटोमै बच्चा जन्माउछन्, भोटे जनजाति महिला, चिसो पालमा बच्चा जोगाउन मुश्किल
बाजुराको बुढिनन्दा नगरपालिका १० पाण्डुसेन २१ बर्षिय पार्वती गुरुङ्गले पुष महिनामा अछामको मार्कु नजिकै जंगलमा बच्चा जन्माइन । अहिले उनि गर्मिशुरु भइसकेपछि आफ्नो घर फिर्ता हुदै ।

बाजुरा– बाजुराको बुढिनन्दा नगरपालिका १० पाण्डुसैन बस्ने २१ बर्षिय पार्वती गुरुङ्गले कार्तिक महिनामा बाजुरा बाट अछाम बसाइ सरिन् । उनले पुष महिनामा बाटोमा बच्चा जन्माईन् । जाडो छल्न औल (बेशी) झर्ने बेला अछामको मार्कुको जंगलमा पालमै बच्चा जन्माएकी थिइन ।
पार्वतीले भनिन्, बाटोमा पालमा बसिरहेको बेला बच्चा जन्माएको पार्वतीले वताईन् । श्रीमानको साहारामा बच्चा जन्माए, अरु कोही थिएन्, सुत्केरी भएपछि चिसो पाल बसेको उनि वताँउछिन् । चिसो सकिएपछि उनि नवजात शिशु बोकेर गाउँ फर्कीरहेकी छन् ।
उनि जस्तै हुम्लाको ताजाकोट गाँउपालिका २ कि सिता थापा भोटेले पनि मंसिरको अन्तिम साता अछाम जाने बेला बाजुराको बाह्रबिसमा छोरी जन्माएको बताईन् । बाटोमै बच्चा पाए, अत्याधिक रक्तस्राब भयो, स्थानिय मेडिकलमा उपचार गरेको सिताले वताईन् ।
त्यस्तै बाजुराको हिमाली गाउँपालिका ३ की २६ बर्षिय रमिता थापा भोटे पनि गर्भवती भएको ७ महिना भएको छ । ‘हिउँदका समयमा बेशितिर झरेकी छन् । उनले पनि सुत्केरि जाच, खोप र आइरन चक्कि कुनै नखाएको बताईन् । अछामको घुगुरकोट बसेका उनका परिवार अस्थाई पालमा बसेर घर फिर्ता भएकि छन् । पालमा बस्ता बिरामी भएको रमिताले बताईन् । बाटोमा आउदा जादा पनि समस्या हुने गरेको उनले थपिन् । कडा परिश्रम गर्नुपर्ने बाध्यता त एकातिर छदै छ अर्कोतिर आराम समेत बस्न नपाएको बताईन् । आफुले भारी बोक्ने देखि लिएर सबै काम गर्नुपर्ने बाध्यता रहेको बताईन् ।
गएको मंसिरमा हिमाली गाँउपालिका अगाउपानि बस्ने तनि थापाले अछाम जाने बेला बाजुराको बुढिगंगा गाबिसको रापकमा बिच बाटोमै बच्चा जन्माईन् । हिडदा हिडदै बाटोमा बच्चा दुखको साथ बच्चा जन्माईन् । बाटोमै जन्माएकी छोरी केही दिनमै गुमाउनु परयो । बाटोमा चिसो र बच्चाको स्याहार नहुदा घर फर्कदा सम्म मृत्यु भएको तनिले बताईन् । बाटो न त राम्ररो सँग खान पाए, नत आरामनै आफु पनि कमजोर भएको र अर्को तिर बच्चालाई समेत जोगाउन नपाएको उनले दुखेको पोखिन् । बच्चा पाएको दिनमा मात्र थप ५ घण्टा बच्चा लिएर हिडेको तनिले थपिन् । उनले २ बच्चा बसाई सरेको बेला अछाममा बच्चा जन्माएको बताईन् । आफु अहिले सम्म बिरामी रहेको बताईन् ।
“चिसो छल्न र गरिबिका कारण भेडा च्याङ्गा र सपरिवार सहित हिउँदका ६ महिना बेशि झर्ने भएकाले अधिकांश महिला बाटोमै बच्चा जन्माउने गरेको भोटे जनजाति महासंघका निवर्तमान अध्यक्ष बुद्धि बोगटी (भोटे) ले बताए” । शुदुरपश्चिम र कणर्ाली प्रदेशका बाजुरा, बझाङ्ग, मुगु, हुम्ला, जुम्लाका बासिन्दा मौसमि बसाई सर्ने गरेका छन् । ति जिल्लाका जनजाति महिलाहरु बसाइ सर्ने क्रममा बाटोमा बच्चा जन्माउने गरेका छन् ।
जिल्लामा आमा र बच्चाका लागि भनेर काम गरदै आएका थुप्रै सरकारी तथा गैर सरकारी संस्था काम गरदै आएका छन् । तर भोटे जनजाति महिलाको चेतनामा भने कुनै परिवर्तन आउन सकेका छैनन् । आमा र शिशुका लागि भन्दै युनिसेफ, सुहारा लगायतका संघ संस्थाले करोडौ बजेट खर्च गरेको पाईएको छ । अधिकांश कार्यक्रम सदरमुकाम मार्तडीमा सम्पनन हुने गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार