• होमपेज
  • स्वामिकार्तिक खापर
  • बाजुराकाे स्वामीकार्तीक ३ मा आगलागी हुदा घरमा रहेकाे धनमाल जलेर नष्ट

बाजुराकाे स्वामीकार्तीक ३ मा आगलागी हुदा घरमा रहेकाे धनमाल जलेर नष्ट

  • आइतवार, बैशाख २३, २०८१
बाजुराकाे स्वामीकार्तीक ३ मा आगलागी  हुदा घरमा   रहेकाे धनमाल जलेर नष्ट

बाजुरा– बाजुराकाे  स्वामीकार्तीक खापर गाउँपालिका वडा न ३ का अम्मर कट्टेलकाे घरमा आगलागि हुदा घरमा रहेकाे धनमाल सबै जलेर नष्ट भएकाे छ । शनिबार दिउसाे खाद्यान्न, लत्ताकपडा,भाडा बर्तन, काठ लगायतका सामानहरु जलेर नष्ट भएको प्रहरीले जनाएकाे छ ।

 अम्मर कट्टेलको ढुङ्गा माटोले बनेको खरले छाएको ३ तले ९ कोठे कच्ची घर, पवन कट्टेलको ढुङ्गा माटोले बनेको खरले छाएको गाईवस्तु बाध्ने २ तले गोठ र गौरी कट्टेल समेतको घरमा आगलागी हुँदा घर र गाईगोठ भित्र रहेका खाद्यान्न, लत्ताकपडा,भाडा बर्तन, काठ लगायतका सामानहरु जलेर नष्ट भएको भएकाे प्रहरीले जनाएकाे छ ।   मानबिय तथा चौपाया क्षती भने नभएको अन्य  क्षतीको एकिन विवरण आउन वाँकि रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार