• होमपेज
  • बाजुरा बिशेष
  • नेकपा एमाले बाजुराको आठौँ जिल्ला अधिबेशनको लोगो र नारा सार्बजनिक

नेकपा एमाले बाजुराको आठौँ जिल्ला अधिबेशनको लोगो र नारा सार्बजनिक

  • आइतवार, बैशाख २३, २०८१
नेकपा एमाले बाजुराको आठौँ जिल्ला अधिबेशनको लोगो र नारा सार्बजनिक

बाजुरा– नेकपा एमाले बाजुराको आठौं जिल्ला अधिवेशनको तयारी तिब्र पारिएको छ । जेष्ठ १ देखि ३ गतेसम्म मार्तडीमा हुने अधिवेशनको तयारी तिब्र पारिएको हो । पार्टी जिल्ला कमिटीको १३ औं बैठकले जेष्ठ १ देखि ३ गतेसम्म बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा गर्ने निर्णय गरेको थियो । नेकपा एमाले जिल्ला कमिटिको आठौँ अधिबेशनको लोगो र नारा सार्बजनिक गरेको छ । सदरमुकाम मार्तडीमा पत्रकार सम्मेलन मार्फत अधिबेशन लोगो र नारा सार्बजनिक गरेको हो ।
आईतबार पार्टी कार्यालयमा गरिएको पत्रकार सम्मेलन मार्फत जिल्लाका एैतिहासीक, धार्मीक, प्राकृतीक श्रोत र सम्पदाहरु झल्किने गरी लोगो बनाएर सार्बजनिक गरिएको नेकपा एमाले जिल्ला कमियिट सचिव काशी बिकले बताए । लोगोमा बाजुरा जिल्लाका बडिमालिका, बुढिनन्दा, खप्तड, कणर्ाली नदि लगायतका बिभिन्न ठाउँहरु समेटेर लोगो डिजाईन गरेर सार्बजनिक गरेको नेकपा एमाले सचिव बिकले बताएका छन ।
त्यसै गरी नेकपा एमाले जिल्ला कमिटि बाजुराको अधिबेशन नारामा जनवादी पार्टी निर्माण र संगठन सुदृढिकरणका लागि घर घरमा एमाले अभियान, एकताबद्ध जुझारु र हार्दिकता सहितको आठौँ जिल्ला अधिबेशन भन्ने नाराका साथ जेठ १,२ र ३ गते जिल्ला सदरमुकाम मार्तडीमा संचालन गरिने नेकपा एमाले बाजुराका अध्यक्ष भरत थापाले बताएका छन ।
अधिबेशन सफल बनाउन नेकपा एमाले बाजुराले अधिबेशनमा पार्षदहरुको ब्यबस्थापनका लागि १ सय रुपिया सहयोग अभियान समेत संचालन गरिने पत्रकार सम्मेलन मार्फत अध्यक्ष थापाले बताएका छन । जसमा नेकपा एमालेका पार्टी सदस्य शुभचिन्तकबाट रु एक सय आर्थिक सहयोग अभियान समेत आजदेखी संचालन गरिएको अध्यक्ष थापाले बताए ।

 पार्टी जिल्ला कमिटीको मार्तडीमा बसेको बैठकले बैशाख २४ गते एकै दिन नौ वटै पालिकामा प्रतिनिधी छनोट गर्ने तालिका पनि तय गरेको छ । खुला तर्फ ७५ जना संगठीत सदस्य बराबर एक, दलित ५० जना बराबर एक र जनजाती १५ जना बराबर एक जनाप्रतिनिधी छनोट हुन पाउने गरि निर्णय गरिएको छ ।

अधिबेशनमा  १ हजार बढी सदस्य संख्या रहेको नेकपा  एमाले बाजुरामा करिब ४ सयको संख्यामा प्रतिनिधी आउने अनुमान गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएकाे छ । त्यसैगरी १ सय १० जना बढीको जिल्ला कमिटी र २५ बढीको संख्यामा सल्लाहकार समितिबाट प्रतिनिधी र जिल्लामा सक्रिय जनसंगठन मध्येबाट प्रत्येक संगठनबाट २ जनाका दरले प्रतिनिधी हुन पाउने गरि निर्णय गरिएको छ ।

 नेकपा एमाले बाजुराका अध्यक्ष भरत थापाकाे अध्यक्षतामा संचालन भएकाे पत्रकार सम्मेलनमा नेकपा एमाल बाजुरा इन्चार्ज भैरव बहादुर सिहं प्रमुख अतिथि रहेका थिए भने कार्यक्रममा नेकपा एमाले संगठन बिभाग प्रमुख अमर खड्का, जिल्ला कमिटि सदस्य मनदेवी वली, देवु खाती राजन राेकाया लगायत  पत्रकारकाे उपस्थित रहेकाे थियाे । पत्रकार सम्मेलन कार्यक्रमकाे संचालन नेकपा एमाले बाजुराका सचिव काशी बिकले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार