• होमपेज
  • समाचार
  • मुख्यमन्त्री सोडारी दुई पटक असफल, विश्वासको मत लिने तालिकामै ब्रेक

मुख्यमन्त्री सोडारी दुई पटक असफल, विश्वासको मत लिने तालिकामै ब्रेक

  • शनिबार, बैशाख २२, २०८१
मुख्यमन्त्री सोडारी दुई पटक असफल, विश्वासको मत लिने तालिकामै ब्रेक

धनगढी–  सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने तयारीमा ब्रेक लागेको छ।मुख्यमन्त्री सोडारीले हिजो नै विश्वासको मत लिन तयारी गरेका थिए। तर सफल हुन सकेनन्। मुख्यमन्त्रीको आग्रहमा हिजो आह्वान गरिएको प्रदेश सभा बैठक स्थगित हुने पुगेको थियो। त्यसपछि आजका लागि समयतालिका निर्धारण गरिएको तर विश्वासको मत पाउने आधार तय हुन नसकेपछि फेरी प्रदेश सभा बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित हुन पुगेको छ।
सोडारीलाई विश्वासको मत पाउन निकै सकस भइरहेको छ। मुख्यमन्त्रीको नियुक्त भएको एक महिनाभित्र प्रदेश सभा बैठकबाट विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था छ। तर सो अवधि नजिकिदै गर्दा पनि विश्वासको मत पाउने आधार भने अझै बनिसकेको छैन्। विशेष गरि एमालेका कारण मुख्यमन्त्री सोडारीले विश्वासको मत पाउन सकस भइरहेको हो।

शनिबार पनि विश्वासको मत लिने मुख्यमन्त्रीले तयारी गरेका थिए। तर बैठक नै स्थगित हुन पुगेको छ। नेकपा एमालेले केन्द्रमा परामर्श नगरी र आन्तरिक छलफल नगरी मुख्यमन्त्रीलाई विश्वासको मत नदिने अडान लिएपछि हिजो जस्तै आजको बैठक पनि स्थगित हुन पुगेको हो। आज साझ ५ः३० बजे विश्वासको मत लिने गरि प्रदेश सभा बैठक आह्वान गरिएकोमा स्थगित गरिएको हो।

मुख्यमन्त्रीकै आग्रहमा आजको प्रदेश सभा बैठक पनि स्थगित गरिएको छ। मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने तयारी गरिरहेका बेला नेकपा एमाले भने थप चिढिन पुगेको छ। शुक्रवारको बैठक पनि आफूहरूसँग सल्लाह नगरी राखिएको र शनिवार पनि परामर्श बिना नै मुख्यमन्त्री अघि बढेकाले सहभागि हुन संभव नभएको एमाले संसदीय दलका नेता राजेन्द्र रावलले बताए।

एमाले सहमत नहुँदा कार्य व्यवस्था परामर्श समितिको बैठक नै बस्न नसकेको हो। बझाङको उपनिर्वाचनबाट निर्वाचित एमाले उम्मेदवार दमनबहादुर भण्डारीको शपथ नभएसम्म एमालेले विश्वासको मत नदिने बताउँदै आएको छ। विश्वासको मतकै लागि आज आह्वान गरिएको प्रदेश सभा बैठक पनि अनिश्चितकाललाई स्थगित गरिएको प्रदेश सभा सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ। वैशाख ६ गते एकीकृत समाजवादीका सोडारी एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति (रञ्जिता समूह) र स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।

चर्चामा

सम्बन्धित समाचार