बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • समाज
  • गाउँमै स्वास्थ्य सेवाको पहुँच भए पनि बिरामीले ३ घण्टा हिडेर अस्पताल जान बाध्य

गाउँमै स्वास्थ्य सेवाको पहुँच भए पनि बिरामीले ३ घण्टा हिडेर अस्पताल जान बाध्य

  • बिहिबार, फाल्गुन ११, २०७९
गाउँमै स्वास्थ्य सेवाको पहुँच भए पनि बिरामीले ३ घण्टा हिडेर अस्पताल जान बाध्य

टेक बहादुर बुढा/ बाजुरा– बाजुराकाे खप्तड छेडेदह गाउँपालिका ३ मा वडामै स्वास्थ्य सेवाकाे पहुँच भए पनि बिरामी ३/४ घण्टा हिडेर अस्पताल जाने गरेका छन । करिब ३ बर्ष देखि वडामा आधारभूत स्वास्थ्य ईकाई केन्द्र स्थापना भए पनि बिरामीले टाढा टाढाका अस्पतालमा हिडेर जानू परेको स्थानीयहरुले बताएका छन । उक्त स्वास्थ्य केन्द्रमा अहिले प्रसुती सेवा समेत सञ्चालनमा रहेको छ । गाउँमै प्रसुती सेवा हुदा पनि सुत्केरी बेथा लाग्दा कतिपय महिलाहरुले घरमै जाेखिम पुर्ण अवस्थामा बच्चा जन्माउदै आइरहेका छन भने कतिपयले घण्टाै हिडेर सुत्केरी बेथा गराउनु पर्ने अवस्था रहेको पाइएको छ ।

वडा नंः ३ मा रहेकाे आधारभूत स्वास्थ्य ईकाई केन्द्रका इन्चार्ज ( अहेव) भगत धामीले भने स्वास्थ्य ईकाई सञ्चालनमा आएकाे ३ बर्ष हुदा पनि याँहाका कतिपय बिरामीहरू अन्य स्वास्थ्य संस्थामा जाने गरेका बताएका छन । नजिकै स्वास्थ्य संस्था भए पनि याँहाबाट प्रवाह हुने सेवाका बारेमा जानकारी नहुँदा अन्यत्र सुविधायुक्त स्वास्थ्य संस्थामा जाने गरेका हुन सक्ने बताए । उक्त आधारभूत स्वास्थ्य ईकाईमा अहिलेसम्म १ जना महिलाकाे डेलिभरी गरिएको र याँहा गर्ने नसकिने केसहरुलाई अन्यत्र रेफर गर्ने गरेकाे ईन्चार्ज धामीले बताएका छन । एपी . एसपी तालिम नलिएकाहरुले डेलिभरीकाे केस हेर्न नमिल्ने र यस आधारभूत स्वास्थ्य ईकाई केन्द्रमा पनि उक्त तालिम लिएका स्वास्थ्यकर्मी नहँदा डेलिभरी सेवामा केहि समस्या भएको उनले बताए । अहिले एक जना अनमीले १ महिना उक्त तालिम लिएकाे र अब देखी प्रसुती सेवा दिन सहजता हुने ईकाई केन्द्र इन्चार्ज धामीकाे भनाइ रहेकाे छ । यस वडाका टाेलहरुमा रहेका महिला स्वयंसेवीकाहरु पहिलेको गुदुखाती स्वास्थ्य चाैकीबाट राखिएकाे र यस स्वास्थ्य ईकाईबाट महिला स्वयंसेवीका नराखेकाले स्वास्थ्य ईकाईबाट प्रवाह हुने सेवा सुविधाको बारेमा जानकारी कम भएको स्वास्थ्य ईकाईकी शान्ति रावतले बताएकी छन ।

गाउँमै स्वास्थ्य सेवा भए पनि याँहाका नागरिकहरु अन्य स्वास्थ्य सेवामा जाने गरेकाे पाइएकाले गाउँपालिकाले तत्कालै यस ईकाई केन्द्रबाट नै वडा भित्रका टाेलहरुमा महिला स्वयंसेवीका राख्नुपर्ने उनलेे बताएकी छन । वडाका टाेलहरुमा रहेका महिला स्वयंसेवीकाहरुकाे बेवस्ताका कारण जनचेतनामा कमी भई गर्भवती महिलाले विभिन्न समस्या झेल्नुपरेको कतिपय महिलाहरुकाे गुनासो रहेकाे छ । वडामा महिला स्वयंसेवीकाले विभिन्न जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्न सके स्वास्थ्य सेवामा सबैको पहुँच र जनसहभागिता बढ्ने सराेकारवालाहरुकाे भनाइ रहेकाे छ । यस बिषयमा वडा अध्यक्ष बिर्क बहादुर रावतले भने वडामा स्वास्थ्य क्षेत्रकाे प्रबर्द्धन, विकास र प्रजनन सम्बन्धि सेवालाई प्रभावकारी बनाउनका लागि सदैव लागिरहेको बताए ।

गर्भवती महिलाहरुले स्वास्थ्य संस्थामा बच्चा जन्माउदा हरेक गर्भवती महिलालाई आफ्नाे व्यक्तिगत तर्फबाट ५ सय रुपैया दिने घाेषणा गरेकाे पनि वडा अध्यक्ष रावतले बताएका छन । वडामा रहेकाे आधारभूत स्वास्थ्य ईकाईबाट महिला स्वयंसेवीका राख्न आधारभूत स्वास्थ्य ईकाई र स्वास्थ्य चाैकीलाई एउटै बनाउनका लागि स्थायी कर्मचारी हुनुपर्ने भएकाले केही समय भित्र एउटै हुने बताएका छन । वडाका टाेलहरुमा रहेका महिला स्वयंसेवीकाहरुलाई सक्रियता बनाउन सके स्वास्थ्य संस्थामा बच्चा जन्माउने महिलाहरुकाे संख्यामा बृद्धि हुन सक्ने वडा अध्यक्ष रावतकाे भनाइ रहेकाे छ । उता
खप्तड छेडेदह गाउँपालिका स्वास्थ्य संयाेजक नन्द बहादुर रावलले भने अबकाे केहि दिनमा एक संयुक्त कार्यक्रमका बिच स्वास्थ्यकर्मीकाे काम कर्तव्य, महिला स्वयंसेवीकाहरुकाे काम कर्तव्यका बारेमा कार्यक्रम सञ्चालन गर्न बताएका छन ।
वडामा स्वास्थ्य सम्बन्धि सेवाहरुकाे चेतनाकाे कमी भएका कारणले गर्भवती महिलाहरुले सुत्केरी बेथा लागेकाे समयमा विभिन्न समस्या खेप्दै आउनु परेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार