बिहिबार, जेष्ठ १०, २०८१
  • होमपेज
  • बडिमालिका
  • मार्तडी बजारका बिभिन्न क्षेत्रमा आजदेखी बिधुत सेवा अवरोध हुने

मार्तडी बजारका बिभिन्न क्षेत्रमा आजदेखी बिधुत सेवा अवरोध हुने

  • शनिबार, बैशाख २२, २०८१
मार्तडी बजारका बिभिन्न क्षेत्रमा आजदेखी  बिधुत सेवा अवरोध हुने

बाजुरा– बाजुरा जिल्लाको सदरमुकाम मार्तडी बजारमा बैसाख २२ गते देखी ३१ गते सम्म बिधुत सेवा अवरुद्ध हुने भएको छ । बजार क्षेत्रमा पुरानो तारलाई बिस्तापित गरी नयाँ तारलाईन बिस्तार गर्ने भएका कारण बिधुत अबरोध हुने भएको हो ।

बजार क्षेत्रमा पुरानो नाङ्गो तार हटाएर नयाँ कभर सहितको तार जडान गर्ने भएकोले बिधुत अबरोध हुने नेपाल बिधुत प्राधीकरण बाजुरा बितरण केन्द्रले जनाएको छ । अबरोध हुने क्षेत्रमा बिहान ६ बजेदेखी साझँ ६ बजेसम्म बिधुत सेवा अवरोध हुने प्राधिकरणले जनाएको छ ।

नेपाल बिधुत प्राधिकरण बाजुरा शाखाले सार्बजनिक सुचना जारी गर्दै समय तालिका सहित सार्बजनिक गरेको छ । जसमा बैसाख २२,२३ र २४ गते अस्पताल लाईन, २५,२६ र २७ गते कारागार र बसपार्क क्षेत्र, २८ र २९ गते अस्पताल क्वाटर क्षेत्र र ३० र ३१ गते बाजुरा क्याम्पस क्षेत्र र जिउला क्षेत्रमा अबरोध हुने जनाएको छ ।

No description available.

चर्चामा

सम्बन्धित समाचार