बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • कला /साहित्य
  • बाध्यता-लघुकथा!

बाध्यता-लघुकथा!

  • शुक्रबार, असार १०, २०७९
बाध्यता-लघुकथा!

सुरेशकुमार पान्डे — काम खोज्दा खोज्दै थाकेको जग्गुले आखिर एउट फारमा काम पायो त्यो काम पाउँदा खुसि थियो जस्तोसुकै काम भयपनि फाल्टु बस्नु भन्दा त ठिकैहो भनठानेर तलबको कुरै नगरि काममा लाग्यो।काम अलि घिन लाग्दो थियो घरमा कहिलैई गाई भैंसीको स्यार सुसार सम्म गर्न नमान्ने जग्गुलाई अहिले भने सुंगुरको रेखदेख गर्नु पर्दा मन अमिलो त थियो तर पनि काम नपाउँदा बसन र खानको समेत समस्या परेकोले त्यही भयपनि काम गर्न थाल्यो।
त्यो फारममा पहिले देखून तिन चारजना गाउँले कार्यरत थिए।
दाई हजूरलाई कति तलब दिएकोछ?जग्गुले एउटा आफु भन्दा ठुलो गाउँले सँग सोध्यो!के तलब भन्ने भाई हामिलाई छिमेकीले पठाएको थियो तलव अहिले सम्म दिएकोछैन तर खाना खर्च भने दिइ रहेकोछ मालिक कस्तोछ हामिलाई थाहानै छैन देखेका छैनौं एउटा मुनिम आउँछ त्यो अलि गुण्डा स्वभावकोछ!रङ्गेले भन्यो।उनिहरूले तलब माग्दा पनि तलब दिन आनाकानी गर्दै आएको जानकारी भयो।जग्गुले पनि काम गर्दा गर्दै दुइमैना बिति सक्यो तर तलब माग्दा किन चाहियो पैसा घर जानेवेला एकमुस्त लगौला भन्दै टाल्दै गरेको थियो।यस्तै गर्दा गर्दै तिन चार मैना बित्यो
जग्गुको मंगसिरको मैनामा बिहे गर्ने निश्चित भयको थियो अब आर्को मैना त मङ्गसिरनै हो।त्यो सुंगुरको खोरमा बस्दा बिताएको चारमैना चार बर्ष जस्तै लागेको थियो कहिले यो ठाउँ बाट मुक्त हुनेहोला दिनरात त्यही बिचार जग्गुको मनमा आउन थाल्यो।
दाज्जु मलाई मालिक सँग भेट गराई दिउँन म तलब पाए छुट्टी गरेर स्वदेश जानुपर्ला आर्को महिंनामा मेरो बिबहा हुने निर्धारितछ!जग्गुले रङ्गे सँग बिन्ती गर्यो! होस् भाई म यो मुन्शि सँग खबर पठाउँला हामिले पनि हिसाब पाए यहाँ बस्ने थिएनौँ!भन्दै चिन्ता नलिन अह्राउँछ।
केही दिनमा मालिक आइपुग्छ त्यो देखेर रङ्गे र चङ्गे दुबै जनाले जग्गुको समस्या पनि बताउँछन तर मालिकले अनसुनि गर्छ त्यो देखेर उनिहरू सबैलाई त्यँहा बाट तलब नमिल्ने निश्चित देख्छन।जग्गु भाई हामि सबै गलत ठाउँमा परेकाछौँ यो मालिकले तलब दिन आनाकानी गर्न थालेकोछ पहिले त मुन्शि मात्र खराब होला भन्ने ठानेको थियौं तर मालिकको ब्यबहार झनै खराब लाग्यो।अब हामिलाई जसले पठाएको हो म त्यो सँग समप्रक गरौंला निरास नहौँ!भन्दै सम्झाउँछ।उनिहरूले त्यँहा काम गर्न थालेको चार पाँच मैना भैसकेको थियो।मुनिम जी हामिलाई आफ्नो गाउँजान छ कृपया हाम्रो हिसाब गर्दिनुस!जग्गुले बिन्ती गर्छ तर मुनिमले घरपनि जाउला भन्दै हांसोमा उडाई दिन्छ।
जग्गुको बिहेको दिन नजिक्किंदै थियो तर मालिकले भने काम गरेको तलब मात्रै होइन घरजाने छुट्टी पनि दिएन।उनिहरू चारैजनालाई बन्दक बनाएर कजाउँन थालियो त्यही द्वौरान रङ्गेले आफ्नो आर्को गाउँलेलाई फोन गर्यो र समस्य बतायो उस्ले नजिकैको एकता समाजलाई जानकारी गरायो त्यो द्वौरान जग्गु त्यहाँ बाट भाग्न सफल भयो।मूलप्रवाहका साथिहरूले पोलिसको मद्त बाट बांकी साथिहरूलाई पनि त्यहां बाट मुक्त गराए।
आखिर पर्वाशी नेपाली श्रमजिवीहरूको संगठन बाहेक को नै हुन्छ परदेशमा?यदी संगठन हुँदैनथथ्यो भने यि र यस्तै असायहरूको कुन चाल हुँदोहो हर कसैले पनि अनुमान लगाउँन सक्छ।

चर्चामा

सम्बन्धित समाचार