बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • कला /साहित्य
  • जुनसुकै व्यक्तिलाई छान यहाँ

जुनसुकै व्यक्तिलाई छान यहाँ

  • बिहिबार, बैशाख ६, २०८१
जुनसुकै व्यक्तिलाई छान यहाँ

राजनीतिक कर्मि देश धितो राखेर रहर पुरा गर्दैछन्,
फिजिको बाटो सिक्किम पुराउँने खबर पुरा गर्दैछन्।

समाज पनि उस्तै छ मरेपछिको स्वर्गमा रम्न खोज्दा,
त्यो कुसँस्कारमा टेकेर कुनियतको डगर पुरा गर्दैछन्।

गास खोज्न हिंड्यो युवा बोकेर स्वाभिमानको झोला,
आर्काको देश चारेर मनको त्यही परपर पुरा गर्दैछन्।

ऋण बाट ऋण तिर्दा आर्को समस्या आइ लाग्छ अरे,
साहु भन्छ ऋणैऋणमा पुर्खौली पाटो घर पुरा गर्दैछन्।

साना किसान भूमिहिन,इमान्दार श्रमिक सडकमै पुगे,
देशमा बस्नु छैन नेताहरू विदेशको भर पुरा गर्दैछन्।

जुनसुकै पार्टीलाई चुनौँ जुनसुकै व्यक्तिलाई छान यहाँ,
सत्तामा पुगेपछि भत्ताको लोभमा वेखबर पुरा गर्दछन्।

                                                      २

हिंजो गद्धार थियो आज बफादार बन्यो,
समय लागेन ऊ धारिलो हतियार बन्यो।

न उस्को व्यबहारमा सुधार भयो न निती,
समाजलाई लुट्यो अनि साहुकार बन्यो।

अहिले झन मन्त्री बन्ने तरखर उसैको छ,
जब धनमान भयो उस्कै जनाधार बन्यो।

हात्थि छाप पट्काउँथे विदेशी गल्लिमा,
कारमा गुड्छ हेंड्लाइन समाचार बन्यो।

पुँजिवादी युगमा धनको कमाल हो हजुर,
जस्को हातमा पैसा उसैको संसार बन्यो।

जनताले सोंचेका हुन्छन् गरिबकै छोराहो,
भोट दिन्छन् रत ऊ तानासाह जार बन्यो।

गरिबहरू देश र जनताको लागि लड्छन्,
तेही आन्दोलनबाटै गद्धार लगातार बन्यो।

चर्चामा

सम्बन्धित समाचार