• होमपेज
  • देश/प्रदेश
  • काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा आगलागी, पन्ध्र घर जलेर नष्ट

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा आगलागी, पन्ध्र घर जलेर नष्ट

  • बुधबार, बैशाख १९, २०८१
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा आगलागी, पन्ध्र घर  जलेर नष्ट

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ४ सानोपोटा गाउँमा आगलागी हुँदा १५ घर जलेका छन् । नजिकको सामुदायिक वनबाट फैलिएको आगोले ती घर जलेका हुन् ।
आगलागीबाट १५ घर, १० गोठ र आठवटा शौचालय जलेका रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार महादेवटार सामुदायिक वनमा लागेको आगो सानोपोटा गाउँमा फैलिएको हो ।
नेपाली सेना, स्थानीय बासिन्दा र नेपाल प्रहरीको टोलीले आगो निभाएको थियो । वनको आगो भने अझै निभाउन नसकिएको स्थानीयले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार