सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • समाज
  • मुक्तिकोट गाउँमा ८४ बालवालिका कुपोषणको चपेटामा

मुक्तिकोट गाउँमा ८४ बालवालिका कुपोषणको चपेटामा

असार यता ७ जना शिशु तथा बालवालिकाको कुपाेषणका कारण मृत्यु

  • शुक्रबार, चैत्र ११, २०७८
मुक्तिकोट गाउँमा ८४ बालवालिका कुपोषणको चपेटामा

बाजुरा–बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका १ मुक्तिकोट गाँउमा ८४ जना बालवालिका कुपोषित रहेको गाउँपालिकाले जनाएको छ । पुरै गाउँका बालवालिका कुपोषणको मारमा रहेको समचार प्रकाशति पछि स्वामीकार्तिक खापर गाउँपालिका बाट स्वास्थ्यकर्मीको टिम गएर चेक जाँच गर्दा धेरै बालवालिका कुपोषणको चपेटामा रहेको पाईएको हो ।
बालवालिकालाई चेकजाँच गर्दा १२ जना अति कुपोषित, २० जना मध्यम कुपोषित र ५२ सामान्य कुपोषित रहेको स्वास्थ्य शाखा प्रमुख भक्त बहादुर कैलाले वताएका छन् । गाउँमा कुपोषणको निकै भयावह रहेको छ, चेकजाँच गर्दा ८४ जना मात्र भेटिएपनि अनुहार हेर्दा त सबै बालवालिका कुपोषणको चपेटामा रहेको कैलाले वताए । अझ सुनौला हजार दिनकी आमा पनि कुपोषणको मारमा परेको उनले वताए ।
असार यता मात्र ७ जना वालवालिका कुपोषणको कारणले मृत्यु भएको गाउँपालिकाले जनाएको छ । मृत्यु भएका बालवालिकाको मुख्य कारण कुपोषण नै रहेको शाखा प्रमुख कैलाले वताएका छन् । स्वास्थ्यकर्मीका अनुसार अधिकांश महिला र बालवालिका कुुपोषणको चपेटामा रहेका छन् । बैशाख यता मात्र १२ जना शिशु तथा वालवालिकाको मृत्यु भएको स्थानिय बल बहादुर बिकले वताएका छन् ।
केही दिन पहिला मात्र बडिमालिका खबरकाे टिम स्थलगत रिपोटिङ्गका लागि मुक्तिकोट पुगेको थियो । यो बर्ष मात्र नभई गाउँमा कुुपोषणका कारणले बर्षेनी वालवालिकाको मृत्युु हुने गरेको छ । मुक्तिकोट गाउँमा ४ सय दलित परिवार छन्, यो नेपालको सबै भन्दा गरिब गाउँका रुपमा परिचितका रुपमा रहेको छ ।
त्यहाका नागरिकलाइ बच्चा मर्ने त सामान्य झै भएको छ । खान लगाउन राम्रो सँग नपाउने त्यहाँ बासिन्दा बालबालिका, गर्भवति महिला चरम कुपोषणको मारमा परेका छन् । धेरै बच्चा हरु अहिले कुुपोषणका कारणले जिवनमरणको दोसाधमा रहेका छन् ।
मुक्तिकोट गाँउमा उपचार अभाबमा कुुपोषणले धेरै बालकालिका छटपटिरहेको स्थानिय बल बहादुर बिकले वताएका छन् । धेरै सुुत्केरी आमाहरु आफै कुुपोषित रहेका छन् । यसरी बर्षेनी कुुपोषणका कारणले बालबालिकाको मृत्युभएको भएपनि राज्यको ध्यान पुुग्न सकेको छैन्, मुक्तिकोट बाँसि भन्छन्, हाम्रो भनेको राज्य सुुन्दैन्, कसलाई भन्ने गुुनासो पोख्छन् । कुुपोषणको शिकारमा गाँउका बालवालिका चपेटा परेका भएपनि सरकारलाई त्यहाको अबस्थाको बारेमा कुुनै जानकारी छैन् । नत कुुपोषण जाँच गरेको छ, नत ति बच्चाहरुको उपचार तथा लिटोको ब्यबस्थापन् गरेको पाईन्छ । गाँउ नजिकै भर्खरै सामुुदायिक स्वास्थ्य केन्द्र स्थापना भएपनि सामान्य उपचार बाहेक अन्य कुुपोषण सम्बन्धि कुुनै चेकजाँच नहुुने गरेको छ ।
एकातिर कुपोषण मारमा गर्भवती महिला र वालवालिका छन् भने अर्कोतिर यहाँ धेरै बच्चा जन्माउने संख्या उल्लेखनिय छ । भौगोलिक बिकटताले स्वास्थ्यकर्मी तथा स्वास्थ्य सन्देश दिने कोही नजाने गरेको पाईएको छ । धेरै बच्चा पाँउने सँग महिलाहरुका स्वास्थ्य पनि निकै रहेका पाईएका छन् । पाठेघर खस्ने लगायतका समस्या भएपनि रोग लुुगाइरहेको पाईएको छ, भने उपचार गर्ने आर्थिक अभाब नहुुँदा रोग पालिरहेका छन् ।
मुक्तिकोट गाउँको नाम सरकारी कामकाजमा अहिले पनि डुम्कोटका रुपमा रहेको छ । २०५८ सालमा माओवादीले डुम्कोटलाई मुक्तिकोटा भन्ने लगाएर मुक्तिकोटा नाम रहेको थियो । डुम्म भन्ने शब्द दलित र हेपिएको वर्गलाई भन्ने गरेको पाईन्छ । जिल्लामा पोषणका नाममा सरकारी तथा गैरसरकारी संस्थाले करोडौ खर्च गरेको भएपनि त्यो गाउँमा भने नजर पुग्न सकेको छैन् ।

चर्चामा

सम्बन्धित समाचार