शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिकामा जनप्रतिनिधीको बर्षमा एक करोड भन्दा बढिको सेवा सुबिधा

बडिमालिकामा जनप्रतिनिधीको बर्षमा एक करोड भन्दा बढिको सेवा सुबिधा

  • मङ्लबार, अशोज ५, २०७८
बडिमालिकामा जनप्रतिनिधीको बर्षमा एक करोड भन्दा बढिको सेवा सुबिधा

लक्ष्मीराज पाध्याय — बाजुराको बडिमालिका नगरपालिकाले आर्थिक बर्ष ०७६/०७७ को १ करोड भन्दा बढिको सुबिधा लिएको देखाएको छ । बडिमालिका नगरपालिका जनप्रतिनिधीहरुले बिभिन्न सेवा सुबिधा वाफत १ करोड १ लाखा १७ हजार ५ सय २९ रुपैया सेवा सुबिधा वाफत लिएको महालेखा परिक्षणको प्रतिबेदनमा उल्लेख गरिएको छ । सुबधिा बुझनेमा सबै भन्दा बढी नगरउपप्रमुख कबिता बिष्ट रहेकि छन् ।
नेपालको संबिधानको धारा २७७ मा गाउँ सभा तथा नगरसभाका सदस्यहरुले पाउने सुबिधा अनुसार बडिमालिका नगरपालिकाका जनप्रतिनिधीले सेवा लिएका हुन । बडिमालिका नगरपालिका नगर प्रमुख पदम बडुवालले बैठक भत्ता वाफत १२ हजार, टेलीफोन सेवा ८४ हजार, पुस्तक पत्रपत्रिका र इन्टरनेट ७८ हजार, समन्वय तथा सहजीकरण १ लाख २० हजार, अतिथि सत्कार १ लाख ३२ हजार, खानेपानी बिजुली तथा सरसफाई वाफत ४८ हजार र चाडपर्ब खर्च २७ हजार ५ सय लिएका छन भने यातायात खर्च भने लिएका छैनन । नगर प्रमुख बडुवालको जम्मा खर्च ४ लाख ८९ हजार ५ सय रुपैया लिएको देखीन्छ ।
त्यसै गरी उप प्रमुख कबिता बिष्टको नाममा बैठक भत्ता १२ हजार, यातायात खर्च १ लाख २० हजार, टेलीफोन, मोबाइल ७२ हजार पुस्तक पत्रपत्रिका इन्टरनेट ६० हजार, समन्वय तथा सहजीकरण १ लाख ८ हजार, अतिथि सत्कार १ लाख २० हजार, खानेपानी बिजुली तथा सरसफाई ४२ हजार चाडपर्व खर्च २५ हजार गरि ५ लाख ४७ हजार लिएको जनाएको छ ।
वडाअध्यक्षहरुले प्रति वडा अध्यक्षले बैठक भत्ता वाफत ६ हजार २ सय लिएका छन । यातायात खर्च प्रतिब्यक्ती ३० हजार लिएको देखाएको छ । त्यसै गरी टेलीफोन मोबाइल खर्चवाफत प्रति ब्यक्ती ४८ हजार, पूस्तक पत्रिका इन्टरनेट वाफत १ वडा अध्यक्षले ४८ हजार, समन्वय तथा सहजीकरण ७८ हजार, अतिथि सत्कार वाफत ९६ हजार, खानेपानी, बिजुली, सरसफाई वाफत ३० हजार र चाडवाड खर्च प्रति ब्यक्ती १८ हजारका दर जम्मा ३१ लाख ३२ हजार लिएको देखीन्छ ।

No description available.
कार्यपालिकाका ७ जना सदस्यहरुमा बैठक भत्ता प्रति ब्यक्ती ७ हजार ८ सय ५८ रुपैया लिएका छन । त्यसै गरी यातायाता खर्च प्रति ब्यक्ती ३० हजार, टेलिफोन मोबाइलमा प्रति ब्यक्ती ४२ हजार, पुस्तक पत्रपत्रिका र इन्टरनेट खर्च प्रतिब्यक्ती ४२ हजार, समन्वय तथा सहजीकरण ७२ हजार, खानेपानी बिजुली र सरसफाईमा ५२ हजार ५ सय र चाडपर्ब खर्चवाफत प्रतिब्यक्ती १ लाख २० हजार लिएको तथ्याङक रहेको छ । कार्यपालिका सदस्यहरुको जम्मा खर्च २३ लाख ५२ हजार रहेको छ । कार्यपालिका सदस्यहरुले अतिथी सत्कार खर्च लिएका छैनन् ।
नगर सभाका ३० सदस्यहरुले पनी ३४ लाख ६३ हजार २९ रुपैया बुझेका छन । जसमा प्रति सदस्य टेलीफोन, मोबाइल खर्च वाफत प्रति ब्यक्ती २३ हजार ६ सय रुपैया लिएका छन । त्यस्तै पुस्तक पत्रिका इन्टरनेट खर्च २९ हजार ५ सय, समन्वय तथा सहजीकरण ४७ हजार २ सय, खानेपानी बिजुली र सरसफाईमा ११ हजार ८ सय र चाडपर्व खर्च वाफत ३ हजार ३ सय ३५ रुपैया लिएको महालेखा परिक्षकको प्रतिबेदनमा उल्लेख गरिएको छ ।
बडिमालिका नगरपालिका नगर प्रमुख उप प्रमुख वडा अध्यक्ष कार्यपालिका र नगर सभाका सदस्य सबै गरी बैठक भत्तामा १ लाख ३४ हजार, यातायातमा ६ लाख, टेलीफोन मोेबाइल खर्चमा १५ लाख ९० हजार, पुस्तक पत्रिका इन्टरनेट वाफत १७ लाख ४९ हजार, समन्वय तथा सहजीकरणमा २८ लाख ५० हजार रहेको छ । त्यसै गरी अतिथि सत्कारमा ११ लाख १६ हजार रहेको छ । खानेपानी बिजुली तथा सरसफाईमा ९ लाख २४ हजार र चाडपर्व खर्चमा ११ लाख ५४ हजार ५ सय २९ रुपैया रहेको तथ्याङक रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार