मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • बडिमालिका
  • चोयाकोट माबिद्धारा गुणस्तरीय शिक्षा प्रदानका लागि सुझाव संकलन

चोयाकोट माबिद्धारा गुणस्तरीय शिक्षा प्रदानका लागि सुझाव संकलन

  • आइतवार, बैशाख २, २०८१
चोयाकोट माबिद्धारा गुणस्तरीय  शिक्षा प्रदानका लागि सुझाव संकलन

बाजुरा– बडिमालिका नगरपालिका ३ रजालीमा रहेको चोयाकोट माध्यामीक बिध्यालयले नयाँ बर्षको शुभकामना आदान प्रदान संगै गुणस्तरीय शिक्षा सम्बन्धी सुझाव संकलन कार्यक्रमको आयोजना गरेको छ । बिशुपर्ब संगै गुणस्तरीय शिक्षा प्रदानका लागि सुझाव संकलन गरिएको हो ।
चोयाकोट माविद्वारा आयोजित बिसु पर्व तथा गुणस्तरीय शिक्षा प्रदान का लागि सुझाव संकलन शुभकामना आदान प्रदान तथा देउडा कार्यक्रमको आयोजना गरिएको चोयाकोट माविले जनाएको छ । बिद्यालयले गुणस्तरीय शिक्षामा सुधारका लागि सुझाव संकलन गर्ने क्रममा हरेक हप्ताको शुक्रबार स्थानीय सामग्रीहरू निर्माण गर्ने निणर्य गरेको छ । सिक्दै कमाउन चाहने बिद्यार्थीहरूका लागि बिद्यालयले ५ देखि १५ हजारसम्म ऋण दिने अध्यक्ष खड्काले बताएका छन । त्यस्तै रनिङ सिल्डको तयारीका लागि हप्ताको दुई दिन बिद्यालयमा अतिरिक्त क्रियाकलापहरू पनि गरिने भएका छ ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि बडिमालिका नगरपालिका नगर प्रमुख अमर बहादुर खड्का रहेका थिए । त्यस्तै बडिमालिका नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बम बहादुर केसी, वडा नम्बर ३ का वडा अध्यक्ष डबल रोकाया विशिष्ट अतिथि रहेका थिए ।

चर्चामा

सम्बन्धित समाचार