शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा आगलागी हुँदा दुई घर जलेर नष्ट

बाजुरामा आगलागी हुँदा दुई घर जलेर नष्ट

  • सोमवार, बैशाख १०, २०८१
बाजुरामा आगलागी हुँदा दुई घर जलेर नष्ट

बाजुरा– बाजुरामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ। बडिमालिका नगरपालिका–१ नुवाकोट बस्ने आनन्द लुहार र जयबिरे लुहारको २ वटा घरमा आईतवार दिउँसो आगलागी भएको हो।

आगलागी हुँदा घर र घर भित्र रहेका लत्ताकपडा, अन्नपात, भाँडाकुडा लगायतका सामानहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। आगलागीबाट भएको क्षेतीको बिबरण आउन बाँकी रहेको प्रहरीले बताएको छ।

२ तले ४ कोठे २ वटा घरमा आईतबार दिउँसो आगलागी हुँदा घर र घर भित्र रहेका लत्ताकपडा,अन्नपात,भाँडाकुडा लगायतका सामानहरु जलेर नष्ट भएको प्रहरीले जनाएकाे छ। आगलागीबाट मानविय र चौपाया क्षेती केहि नभएको  र आगलागीबाट भएको क्षेतीको बिबरण आउन बाँकी रहेको ।

उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाजुराबाट आवश्यक अनुसन्धान भईरहेको छ।

चर्चामा

सम्बन्धित समाचार