शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बडिमालिका
  • आर्थिक अभावले जिल्ला अस्पताल बाजुरामा ८ महिनाकी गर्भवती अलपत्र

आर्थिक अभावले जिल्ला अस्पताल बाजुरामा ८ महिनाकी गर्भवती अलपत्र

  • शनिबार, बैशाख ८, २०८१
आर्थिक अभावले जिल्ला अस्पताल बाजुरामा ८ महिनाकी गर्भवती अलपत्र

पदमबहादुर सिंह— आर्थिक अभावकका कारण जिल्ला अस्पताल बाजुरामा एक ८ महिने गर्भवती अलपत्र परेकी छन् । जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएपछि बडिमालिका नगरपालिका ७ जिल्लीकी गर्भवती ४५ बर्षिया जैकला जैशी अलपत्र छन् । उनलाई डडेल्धुरा रिफर गरे पनि एम्बुलेन्समा लिने भाडा नहुँदा उनी समस्यामा परेकी हुन् ।

जैकला मुटुकी विरामीसंगै ८ महिनाकी गर्भवती छन् । गएको मंसिर महिनामा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा जैशीको मुटुको अप्रेसन गरेको थियो । पुनः स्वास्थ्यमा समस्या आएपछि वैैशाख ७ गते जिल्ला अस्पताल बाजुरामा ल्याएको उनका श्रीमान मोहनलाल जैशीले बताए । आफु पनि असक्त छु, रिण काढेर श्रीमतीको मुटुको अप्रेसन गरेर अहिले फेरि स्वास्थ्यमा समस्या आएपछि सुविधा सम्पन्न अस्पताल लैजानु भनेपनि आफूसंग आर्थिक नहुँदा समस्या भएको उनले बताए ।

अस्पतालले गर्भवतीसंगै मुटुको विरामी भएका कारण जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव छैन । बाहिर लिन भनेको भएपनि हिजो देखी श्रीमती बचाउन सदरमुकाम मार्तडीमा आर्थिक जुटाउन बिभिन्न सहयोगी निकायमा धाउने गरेका छन् । उनले भने बडिमालिका नगरपालिकाको एम्वुलेन्सले डडेल्धुरासम्म लिन ८ हजार लाग्ने भनेको छ, आफुसंग डडेल्धुरासम्म लिने पैसा नभएको बडिमालिका खवरलाई बताए ।

उनको मुटुको समस्या भएपनि गर्भवती भएकै कारण उनको स्वास्थ्य जोखिम भएको एक स्वास्थ्यकर्मीले बताए । उनी जटिल समस्यामा गर्भवती रहेको उनको भाडा व्यवस्थापन स्थानीय सरकार तथा अस्पतालले अनिवार्य व्यवस्थापन गर्नुपर्ने उनको भनाइ रहेको छ ।
यस्तै जोखिम गर्भवती तथा सुत्केरीका लागि स्वास्थ्य सेवा विभागले कार्यक्रम सञ्चालन निर्देशिकामा अस्पताल तथा वर्थिङ सेन्टरहरुबाट गर्भवती तथा सुत्केरी महिलालाई आकस्मिक रुपमा प्रेषण सम्बन्धी बजेटको व्यवस्थापन गरेको छ । बडीमालिका नगरपालिकामा यो शिर्षक बाफत ६० हजार रकम रहेको छ । त्यस्तै नेपाल सरकारले गर्भवती तथा सुत्केरी महिलाहरुका लागि निशुल्क हवाइ उद्धारसम्बन्धि कार्यविधि २०७५ जारी गरेर निःशुल्क सेवा दिइरहेको छ ।

बडिमालिका नगरपालिकाका स्वास्थ्य शाखा संयोजक टेक बहादुर खड्काका अनुसार अस्पताल तथा वर्थिङ सेन्टरहरुबाट गर्भवती तथा सुत्केरी महिलालाई आकस्मिक रुपमा प्रेषण शिर्षकमा नगरपालिकाले ६० हजार रुपैया विनियजन गरेको छ । अस्पतालले रिफर गरेको प्रमाणका आधारमा पछि बिल पेश गरेमा पैसा दिन मिल्ने बताए । तत्काल प्रमुख प्रशासकीय अधिकृत्त बिदामा भएका कारण सम्भव नभएको खड्काले बताए ।

जिल्ला अस्पताल बाजुरामा आमा सुरक्षा कार्यक्रम अन्र्तगत गर्भवती तथा नवजात शिशु प्रेषण र सामाजिक सुरक्षा ईकाइ मार्फत जटिल खाले गर्भवतीलाइ सहयोग गर्न मिल्छ । तर जिल्ला अस्पताल बाजुराकी इन्डोर इन्र्चाज निशा रोकायाका अनुसार बाजुरा देखी धनगढीसम्म कार्यक्रमले तोके अनुसारको भाडा दिने बताएकी छन् । रोकायाका अनुसार जिल्ला अस्पताल बाजुरा र बडिमालिका नगरपालिकाको दुबै एम्वुलेन्स बिग्रेकोले अन्य प्राईभेट लिनु पर्ने भएकोले कार्यक्रमले तोके भन्दा बढीको पैशा स्वयम विरामी आफैले बेहोर्नु पर्ने बताइन् ।

चर्चामा

सम्बन्धित समाचार