शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बडिमालिका
  • जिल्ला अस्पताल बाजुराको एम्बुलेन्स मर्मत गर्न आर्थिक अभाव

जिल्ला अस्पताल बाजुराको एम्बुलेन्स मर्मत गर्न आर्थिक अभाव

  • आइतवार, बैशाख ९, २०८१
जिल्ला अस्पताल बाजुराको एम्बुलेन्स मर्मत गर्न आर्थिक अभाव

बाजुरा–  जिल्ला अस्पताल बाजुराको एम्बुलेन्स मर्मतमा समस्या भएको छ । आर्थिक अभावका कारण एम्बुलेन्स एक महिनादेखी मर्मत नहुदा थन्किएको हो । एम्बुलेन्स बिग्रेको करिव १ महिना भइसकेको र मर्मत गर्ने पैसाको अभाव भएको जिल्ला अस्पताल बाजुराकी प्रमुख डाक्टर समिता पुनले बताएकी छन । जिल्ला अस्पताल संग श्रोत नभएको र प्रदेश सरकारले मर्मत खर्च नदिएका कारण एम्बुलेन्स र्मत गर्न समस्या भएको कार्यालय प्रमुख डाक्टर पुनले बताइन ।
एम्बुलेन्स संचालन गर्दा जिल्ला अस्पताल बाजुराले यो आर्थिक बर्षमा ३ लाख खर्च भएको जनाएको छ । एम्बुलेन्सले ४० हजार मात्रै आम्दानी गर्यो मर्मतका लागि पैसा समेत उठेन कार्यालय प्रमुख डाक्टर पुनको भनाई रहेको छ ।
‘चलिरहेका एम्बुलेन्स पुरानो भइसकेको र पटक पटक मर्मत गर्दा पनि जिल्ला अस्पतालको श्रोतले नसकिने अवस्थामा रहेको जिल्ला अस्पताल बाजुराले जनाएको छ । एम्बुलेन्सको अवस्था पनि गतिलो छैन, पटकपटक बिग्रने समस्या छ,’ एक पटक बिग्रेमा कम्तीमा १ लाख रुपिया खर्च हुने गरेको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।
एम्बुलेन्स ब्यबस्थापन समिति बाजुराले दुई तिन बर्ष पहिले भाडा निधारण गरेकोले पहिले र अहिलेको डिजेल मुल्यका कारण पनि एम्बुलेन्स मर्मत गर्ने पैसा नउठ्ने गरेको जिल्ला अस्पताल बाजुराले जनाएको छ । अस्पतालको एम्बुलेन्स बिग्रेको र बनाउन बजेट अभाव भएको जिल्ला अस्पताल बाजुराका सुचना अधिकारी नृपराज गिरीले बताए । एम्बुलेन्स बनाउन एक लाख बढि लाग्ने सुचना अधिकारी गिरीले बताएका छन ।
बाजुरामा एम्बुलेन्स नहुँदा बिरामीलाई समस्या भएको छ । एम्बुलेन्स चाहिने सिकिस्त बिरामीलाई पनि बस तथा जिपमा अस्पताल लैजाने गरिएको छ ।
जिल्ला अस्पताल बाजुराको एम्बुलेन्सले केही सहजता दिएको थियो, त्यो पनि पटक पटक बिग्रने भएका कारणले बिरामीले निकै समस्या भएको स्थानीयले वताएका छन् । एम्बुलेन्स नहुँदा बिरामी मात्र नभइ गर्भवती तथा सुत्केरीलाई पनि जिप तथा बसमा उपचारमा लैजानु परेको स्थानियले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार