शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कला /साहित्य
  • लघुकथा – गद्धार

लघुकथा – गद्धार

  • मङ्लबार, भदौ २२, २०७८
लघुकथा – गद्धार

झग्गु शेषमणिको कोठामा पुग्छ सांझको बेलामा।अहिले भर्खरै शेषमणि काम बाट आईपुगेका थिए।उनि नेपाली एकताका जिम्मेवार ब्याक्ति हुँन।
भन्नुश हजूर कसरि आउँनु भयो यता?मणिले घरमा आएको ब्याक्तिलाई सोध्ने ओपचारिकता पुरागर्छन।मणि ज्यु मर्ने त मरियो बाँच्नेले बुद्बि पुराउँ कि?भनेर सोध्न आएको म त हजूरको राय बुझ्न!झग्गुले आफु अलि सिपालु बन्दै भन्छ।नजिकको घैंटा बाट एक गिलास पानी निकालेर झग्गुलाई दिँदै के भन्नखोज्नु भयो मैले बुझिन?मणिले आचार्य प्रकट गर्छन।
ति हत्याराहरुको बारेमा सोधेको उन्का आफन्तिले मिला पत्र गर्न खोजेकाछन यता मर्नेका परिवारलेपनि म्झौता भय राम्रैहोला भन्थिन।मैले पनि बरु मृत्यु भएका का बच्चाहरुलाई थोरै भयपनि राहात मिल्थ्यो भन्नखोजेको हुँ!झग्गुले मणि तिर खिस्साक्क हाँस्दै भन्यो।उस्का चिल्ला कुरा अलि सङ्कालु थिए।
मणि संगठनको जिम्मेवार कार्यक्रता थियो उसैको पहलमा केहि अप्राधीहरु हत्याको आरोपमा गिरफ्तार थिए।यद्मापि झग्गुलाई पनि मणिलेनै केहिबर्ष पहिले संगठनमा आबद्ध गरेका हुन।केही समय उस्ले संगठनमा राम्रो भुमिका पनि निर्वा गरेकै थियो।तर उस्को अस्थाई काम भएर होला भारतमा कहिले कुन ठाउँ कहिले कुनठाउँमा काम गर्ने गर्थ्यो।जँहा संगठन छ त्यँहा संगठनका साथिहरुको नजिक्किनथ्यो।जँहा छैन त्यँपनि माथिल्ला साथिहरुको सम्प्रक नभयपनि म समाजको नेता हो भन्दै मौका अनुसार ब्यबहार गर्ने बानि थियो।
यँहा पनि जुनठाउँमा त्यो कार्यरत थियो त्यँहा उस्को आफ्नै मान्छेको हत्या भयको थियो।जो जेलमा थिए
उनिहरुले एकजना साथिको हत्या गरेर खुर्दबुर्द गर्ने प्रयात्न गरे जस्को लामू शंघर्ष पछि मणि लगायत थुप्रै समाजका कार्याक्रता नेताहरुको पहलमा ति स्थानिय हत्याराहरुलाई जेल चलान गरिएको थियो।झग्गु भने संगठनकै आडमा त्यो सम्झौता हौश भन्ने चाहान्थ्यो।केहि दिन पहिले एकजना सरदारले मणिलाई तँ त्यो केसबाट अलि पछि बस ति हाम्रा मान्छे हुँन तेरो कोहो र?त्यो तँ केसमा नजा हामि आफै मिलाउँछौँ तँलाई नजिकै यहि ठाउँमा एक किल्ला जमिन मैले तेरो नाम गर्दिन्छुँ।भनेर धेरैबेर दुखेसो पोखेको थियो।किन भने जुन गाउँको त्यो सरादार थियो मणिको डिप्टी त्यँही हो।त्यो ब्याक्तिको उनिहरुको साहिद आफन्ति पर्थे।
त्यो बेलामा एक किल्ला लाई त्यो ठाउँमा एक लाख जति पर्थ्यो।शेषमणि संगठनको ईमानदार कार्य कर्ता भएको नाताले ति हत्याराहरु लाई सजाए मिल्नै पर्छ मलाई बरु तिमिहरुले गोलि हनौ तर म तिनिहरु लाई झेल हालेर छाड्छु!किन कि तिनिहरुले हाम्रो भाईलाई मारेकाछन।मेरो साईनो नलागेपनि हाम्रो संगठानिक नाताछ बर्गिय नाताछ!भन्दै त्यँहा बाट निस्केको थियो।आज झग्गु आएर कुरा राख्दा त्यहि झ-झल्को आयो।देख भाई त्यो हत्याको केसहो हामिले अहिलेनै सम्झौता गर्नु हुँदैन माथिका साथिहरु सँग सोर सल्ला गरेर अगाडिको नीति तय गरौँला अहिलेनै हजूर आत्तिनु भयन!यदि सम्झौतानै गरेपनि संगठनको पहल र दवामा मृतक का आश्रृतलाई अलिधेरै रकम मिल्न सक्छ सके सम्म यस्ता केसमा आत्तिनु हुँदैन यिनिहरुको हिम्मत बढ्छ।भनेर उस्लाई सम्झाई बुझाई गरेर पठाउँछ।
त्यो अर्को कुनै सहरमा कार्यरत थियो,करिब सहत्तर किलो मिटरको दुरिमा काम गर्थ्यो।मणिले त्यो ठाउँका एकजना बिनोदलाई एस टिडि बाट फोन गरेर त्यो झग्गुको बारेमा बताउँदा होर त्यो त मसँग पनि आएर त्यस्तै कुरा गर्थ्यो!भनेर भन्छन।उस्ले सबैको नारि छाम्दै हिंड्न थालेको रैछ।
उस्ले त्यँहि बसेर त्यो केसलाई डिलिङ्ग गर्दै गयो।
समय बित्दै गयो एकदिन त्यही सरदारले बोलायो तँलाई मैले भनेको थिएँ एक किल्ला दिन्छु आखिर सबथोक अन्तिममा सम्झौतानै हुन्छ तेरो किस्मतमा थिएन गुरुको औरनै मञ्जुर थियो।भन्दै हाँसेर मणिको पिठ्युँमा थप-थपाउँछ।
केभयोर?मणिले सोध्छ?के हुने जो हुनुपर्नेहो भयो भन्यो।आखिरमा त्यो झग्गुले त्यो हत्याको केसलाई सवालाखमा मिलाई सकेछ अनि मरेको मान्छेको पत्निलाई साठिहजार दिएको बाँकि आफै खायो र आफु फरर भयो।मणिले माथिका एकजना नेतालाई त्यो रिपोटिङ्ग गर्यो कयौँ ब्याक्तिहरु लाई भन्यो समितिमा छलफल गय्रो तर त्यसको बारेमा कसैले केहिभन्न सकेनन्।एकदिन एकजना नेताले तपांईले कस्ता कुरा गर्नु हुन्छ यार त्यो ब्याक्तिले त संगठनमा सक्रिय काम गरेकोछ।आसाम जस्तो खतरनाक ठाउँमा संगठनको बिकासमा हाम्फालेकोछ।त्यसता ईमानदार ब्याक्तिलाई आरोप लगाउँनु हुन्छ!भन्दै उल्टै मणिलाई झपारे।
अब के गर्ने दिउसको घामलाई हत्केलाले छेकेको जस्तै महशुर्ष भयो।करिब दुईबर्ष पछि त्यो ब्याक्ति फेरी त्यहि ठाउँमा पुगेछ।त्यँहाका साथिहरुले आएकोछ भने अनि मणि पुग्यो।
के गरेको हजूरले संगठन सँग गद्धारी?भनेर सोध्दा मैले जेगरे पनि गरें उनिहरुको भलोको लागि भन्दै करायो।त्यहाँ मणिको झडप पनि भयो।मणिले तिमि संगठनका गद्धार हौ मैले कुरा राखेर तिमिलाई कार्वाई गराउँछु भन्दै आफ्नो गनतब्य तर्फ पुग्यो।
झग्गुले मणिभन्दा पहिले माथि मणिको बिरुद्धमा जाति सुचक गालि गलौच गरेको न्यायपाउँ भनेर माथिल्लो कमिटिमा रिट हालेछ।केहि दिन पछि एकजना माथिल्ला साथि आउँनु भयो।मणि ज्यु तपाँको खिलाप यो आरोपछ मलाई त्यहि छानबिन गर्न खटाएको भन्दै पत्र देखाए।मणि झसिङ्ग भयो।ठिकैछ बस्नुस म हजूरलाई त्यो भयको ठाउँमा लिएर जान्छु भन्यो र वाईकमा बसालेर त्यो ब्याक्ति कँहा पुरायो।सञ्जोगले त्यो त्यहि भेटियो।अनि उस्लाई केरकार पारेपछि त्यो केसलाई मिलाएको पुष्टी त भयो तर के गर्ने?मणिले आक्रोस पोख्दै तं जस्ता गद्धारलाई संगठनमा बस्ने अधिकार छैन तैंले जाति सुचक गालि गरेको भनिस तँलाई समाज भित्र छोपेर कुटेपनि तेरो गलति धुल्दैन भनेर आफ्नो रिस पोख्यो।अरु त केनै गर्न सक्थ्यो।उनिहरु फर्किए केहि दिन पछि त्यो ठाउँ छोडेर अन्तै गएछ।
मणिले जीवनलाई जटिल शंघर्षको रुपमा लिएर फेरी सामाजिक काममा खटिए।कयौँ समाजमा सामाजिक सेवा गर्न आएका हुन्छन कयौँ आ-आफ्ना स्वार्थ पुरागर्न आएका हुन्छ।सङ्का र बिस्वासलाई सँग सँगै लिएर हिंड्नुपर्छ।यो सामाजिक क्षेत्रमा खटिएका ईमान्दार साथिहरुले बुझ्ने र सजग रहनै पर्ने एउटा कथाहो।यसका पात्र हरु बनावटी भयपनि कथा चाहिँ यथार्थमा आधारितछ।

चर्चामा

सम्बन्धित समाचार