शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराका ९ स्थानिय तहमा ४४ करोड बेरुजु, सबै भन्दा बढी त्रिबेणीमा १५ करोड

बाजुराका ९ स्थानिय तहमा ४४ करोड बेरुजु, सबै भन्दा बढी त्रिबेणीमा १५ करोड

  • मङ्लबार, भदौ ८, २०७८
बाजुराका ९ स्थानिय तहमा ४४ करोड बेरुजु, सबै भन्दा बढी त्रिबेणीमा १५ करोड

बाजुरा — बाजुराका नौ ओटा स्थानिय तहमा ४४ करोड ९५ लाख ३३ हजार बेरुजु आएको छ । महालेखा परिक्षकको ५८ औँ बार्षिक प्रतिबेदन २०७८ का अनुसार सो रकम बेरुजु आएको महालेखाले सार्बजनिक गरेको छ ।
बेरुजु आउनेमा बाजुराका नौ ओटा स्थानिय तह मध्ये सबै भन्दा बढी त्रिबेणी नगरपालिका रहेको छ । भने सबैभन्दा कम हिमाली गाउपालिका रहेको छ । त्रिबेणी नगरपालिकामा १५ करोड २ लाख ९० हजार, बुढीनन्दा नगरपालिकामा ३ करोड ३० लाख ९ हजार, बडिमालिका नगरपालिकामा ५ करोड १८ लाख ८५ हजार, बुढीगंगा नगरपालिकामा ५ करोड ७३ लाख ३४ हजार बेरुजु रहेको छ ।
त्यसै गरी खप्तड छेडेदह गाउपालिकामा २ करोड ३ लाख ५८ हजार, स्वामीकार्तिक खापर गाउपालिकामा ७ करोड २९ लाख ५९ हजार, जगन्नाथ गाउपालिकामा ३ करोड ६५ लाख ९० हजार, गौमुल गाउपालिकामा २ करोड १७ लाख १७ हजार र सबैभन्दा कम बेरुजु आएको हिमाली गाउपालिकामा १ करोड ५३ लाख ९१ हजार बेरुजु रहेको महालेखा परिक्षणको रिर्पोटमा उल्लेख गरिएको छ ।
बाजुरा जिल्लामा आएको कुल ६ अरब १५ करोड १५ लाख ६१ हजार रकममा ४४ करोड ९५ लाख ३३ हजार बेरुजु आएको महालेखा परिक्षकको कार्यालयले जनाएको छ ।

No description available.

महालेखा परीक्षकको कार्यालयले ५८ औं वार्षिक प्रतिवेदन २०७८ शुक्रबार सार्वजनिक गरेको थियो । यो प्रतिवेदन अनुसार बाजुराका स्थानीय तहको बेरुजु ४४ करोड ९५ लाख ३३ हजार रहेको छ । प्रचलित कानुन बमोजिम पुर्‍याउनु पर्ने रीत नपुर्याई कारोबार गरेको वा राख्नु पर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिब तरिकाले गरेको आर्थिक कारोबार बेरुजु हो ।
खर्च गर्ने अख्तियारी पाएका संस्थाहरुले कानुन बमोजिम आवश्यक कागजपत्र पुरा नगरी गरिएको आर्थिक कारोबारलाई महालेखा परिक्षकको कार्यालयले परिक्षण गर्दा बेरुजु रकमको रुपमा दर्ज गर्छ । कानुन सम्बत तरिकाले खर्च नगर्दा स्थानीय तहले गरिरहेको खर्चमाथी प्रश्न उठ्ने गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार