आइतवार, जेष्ठ १३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • सेतेको लाहुर!लघुकथा!

सेतेको लाहुर!लघुकथा!

  • आइतवार, साउन ३१, २०७८
सेतेको लाहुर!लघुकथा!

सुरेशकुमार पान्डे —  बाबु काँ जान हिंडेको?पछाडि बाट परिचित आवाज आयो!फर्केर हेर्दा एउटा बुजुर्ग थिए उन्को त्यो प्रश्नको उत्तर मा मात्र लाहुर भन्यो उस्को बोलिमा भाबुकता थियो आँखा टिल पिल टिलपिल गरेका थिए।निदारमा राता अछेता करीब बाह्र बर्षको दुधमुखे बालखले भिरेको झोला जस्ले यो बेला स्कुलको बेग भिर्नु पर्थ्यो तर उ बाल मज्दुरीको लागि हिंड्दै थियो। पर देश न ठाउँ न ठेकाना लामू जीन्दगिको यात्रा तय गर्दै थियो एक्लै थियो तर उसँग सँगै मात्र घरको शम्झना थियो। र आमाले दिएको आसिर्वाद!आमाले बिदा गर्दै भनेकि थिईन “छोरा घर सम्झेर कमाई गरे र आफ्नो पनि खयाल गरे”यत्ति भन्दै आमाको आँखा बाट आँसुको बलेनी परेको थियो उनि धोतिको सप्काले आँखा छोप्दै भित्र केहि खोजे झैं गरिन अनि सेतेलाई बाटमा खाने भट्मास र भुटेको मकै एउटा कुटुरोमा बाँधेर दिईन।सेते ले त्यो कोसेली झोलाम राखेर दना दनि हिंड्यो छिटछिटो उस्लाई रेलमा चड्नु थियो दुई दिन सम्म पैदल यात्रा गरेर भएपनि लाहुरे बन्नुथियो।एक टक घरको सामुन्ने डांडैमा पुगेर ठिङ्ग उभियो अनि घर तिर फर्किएर नियाल्यो उता बाट आमाले उसैलाई नियालि रहेकै थिईन।
एकछिन ति बुढा ब्याक्तिले राम्रैगरि पैताला बाट टाउका सम्म नियालछन सेतेलाई,अनि सँग खै त ?सोध्छन।म एक्लै हो साना बा भन्दै आफ्ना पाईला छिटछिट्टै अगाडि बढाउँछ गन्तब्यका लागि त्यो अभियान सेतेको गन्तब्य खोज्नकै लागि थियो।
स-साना भाई बैना एउटा गोठेघर थोरै कान्लै कान्ला भएको बारीमा बस्न आएकी आमाले आफ्नो मुटुको टुक्रा काखको छोरालाई बिदेश पठाउँदाको पिडा कस्तो हुन्छ होला?हरकसैले अनुमान लगाउँन सक्दैन।आमाको काख छाडेर बिदेवको अञ्जान मुलुकमा जान थालेको सेतेको पिडालाई पनि हरकसैले बुझ्न गारैछ।
पढ्ने लेख्ने सँग साथिहरु सँग हाँस्ने खेल्ने ति दिनहरुमा बाल मजदुर बनेर बिदेशलाई चार्ने कस्को चाहान हुन्छ।
आमाले “घर सँझिनु बाबु”भन्नुको कारण बाटै भरीको सेतेको सँग बन्यो।घरको त्यो शंझना साहुले दिनौदिन पैसा मागेको,घर भित्र पेटभरी खान खाने खर्च नभएको लगाउँने लुगा नभएको ओड्ने बिच्छाउँने राम्रा लुगा नभएको,आमाले निमेक गरेर ल्यायको मकैको आटो सँग खाने महि नहुँदा ठेकि बोकेर मांग्न गएको भाई बैनाको त्यो निन्नौरे अनुहार झलझलि आँखाको ओरिपरी थियो।
स्कुलमा फिस तिर्ने पैसा नभएर मास्टरले नाम काट्ने चेतवानी दिएको अनि फिस ल्याएन भनेर सजाय स्वरुप मुर्गा बनेको।साथिहरु सँग लाजले आँखा मिलाउलन नसकेको त्यो पिडाहरु एक एक गर्दै सेतेको आँखा ओरिपरी आउँछन।कहिले आफै सँग आक्रोश त कहिले ति पात्रहरु सँगको आक्रोशले सेतेलाई आमाको घर सम्झिने कुराको अबगत गराउँछ।खानैका लागि अर्काको दहि अँधिया बेचेको,बारीका ति कान्लाहरुमा फलेका गोलभेंडा टिपेर बजारमा बेचेर त्यसैले चामल किनेर छाक टारेको त्यो गरिबी शंग गरेको शंघर्ष को शंझना थियो।
त्यो बेला कोहिरे पानीमा एउटा सानो बजार जस्तै थियो।स-साना खरका छानाले छाएका गोठ जस्ता होटेल बनाएर पसल थापेका ब्यापारीहरु थिए।त्यँहा पुग्दा साँझ हुनथालेकै थियो।एउटा सेल किनेर खाने प्रयास गर्छ तर त्यो घाँटी बाट छिर्दैन।बाबु काँ जान थालेको?होटेलकी मालकिनले सोध्छिन!लाहुर जान!सेतेको उत्तर सुनेर ओहो!भागेर जान थालेको?उन्ले आश्चार्य हुँदै प्रश्न गरिन!होईन सल्लै सँग हो आमाले पठाउँनु भाहो!सेतेले डराई डराई भन्छ।त्यो बेला धेरै केटाहरु भागेर ईण्डिया तिर लाग्थे।त्यसैले उन्ले संका गरेकि थिईन।सेल रोटी हातमै थियो गिलासमा थोरै चिया पनि दिईन!सेतेले भयो चिया त!होईन बाबु एसको पैसा दिनु पर्दैन खाउ!उन्ले भनेको कुरा सुनेर चिया छोप्यो।अनि त्यो सेल रोटी र चिया खान्छ।त्यसपछि हिंड्न थाल्छ।जंगलको बाटोछ साँझ परि सक्यो आज एतै बस भोलि जाउला उन्ले भन्छिन साहिद उन्लाई सेते आफ्नै छोरा जस्तै लाग्यो होला र मनमा दया जाग्यो।तर सेते मान्दैन र हिंड्छ तल अर्जुन खोलामा बासा बस्छ।अनि बिहानै हिँडेर घाम छँदै कोईला बास पुग्छ।अनि भारतको तुल्सिपुरको लागि बसमा चड्छ।त्यो बेला तुल्सिपुर सम्मको भाडा दुई रुपिया थियो कोईलावास देखुन।
रेलका ईञ्जनहरु कराएको सिटि बजाएको त्यो छुट्टै अनुभव अर्कै दुनियाम सेते पुग्यो।तर आंखाको ओरि परि आमाको अनुहार उन्ले बगाएको आँशु झल्किन्थयो।रेलको आधा टिकट१४रुपिया पचास पैसाको लिएर रेलभित्र झेल भएतिर बसेर त्यहि शंझनालाई सम्झिंदै तिनै सँग बातचित गर्दैछ।रेल छुक-छुक छुक-छुक स्यूं ई गर्दै आफ्नो गनतब्य तर्फ लाग्छ।
सेतेको मनमा के हरायं केहराएं जस्तै अनुभव हुन्छ।उतिबेला दिल्लिलाई लाहुर भन्थे साहिद दिल्लिनै लाहुर थियो यँहा सम्म पुग्न दुई दिन रेलमा पनि लाग्थ्यो ठाउँ ठाउँमा बदल्नै पर्थ्यो।तुल्सिपुर बाट चढेको गोण्डा बाट चडेको लखनौ बाट चडेपछि दिल्लि सम्म पुगिन्थ्यो।तर कयौं रेल ढिला हिण्डे वा एउटा नपुग्दै आर्को छुट्ने भएकोले ढिलो हुन्थ्यो।
जसरी तसरी सेते लाहुर(दिल्लि)पुग्छ।अब जाने कता?बिना आफन्ति बिना ठेकाना सेतेको लाहुर यस्तो थियो।
झोलामा भट्टमास अनि भुटेको मकै जो आमाले दिएको कोसेली खान भनेर निकाले पछि आँखामा आसुँ आउँथ्यो त्यो आफुले खान सकिन।दिल्लिमा टेसन बाट झरेपछि पुलको माथि उभिएको सेतेलाई एउटा गाउँले भेटियो त्यसले एउटा कुनै ठाउँमा स्कूल को भाईर धेरै नेपाली भएको ठाउँमा पुरायो।उनिहरु त्यो भुटेको मकै सबै खाईदिए।अनि आफुहरु सबै बाटो लागे त्यो रात सेतेले त्यँही स्कुलमा काट्यो भोकै चौकिदारले एउटा बेञ्चमा बस भने उनि पनि नेपालीनै थिए तर अपरिचित।आज त यता बसि हाल्यौ भुलि यँहाबाट बिहानै गए यँहा बस्न दिंदैन भोलि नआउनु!चौकिदारले भन्छन।
भोलि पल्ट देखि सेतेले काम खोज्न थाल्यो होटेल र कोठिहरुमा।कसैले लगाई दिएपछि बल्ल लाग्नेहो तर..कस्ले लगाई दिन्थ्यो काम?
अनि चालिस रुपिया मासिकमा एउटा होटेलमा गिलास धुने नोकरी फेलापार्यो।त्यो बेला गोर्खालिले नोकरी होटेल कोठिमा झ्यास्सै पाउँथे।तर पनि कुनै चिनेको मानि सँग सम्प्रक नहुँनाले होला सेतेले नोकरी पाएन।करिब एकमैना पछि बल्ल चालिस रुपियाको तलबमा एउटा होटेलमा नोकरी पाउँछ।यति लामू समय सम्म कहिले खाएर कहिले भोकै सुतेर दिन बितायो।त्यो बेला मान्छेहरु दया गर्थे कनटपुलिसको पारकमा कयौं दिन जामुनो खाएर गुजारा गय्रो।
घर बाट निस्किंदा गोजामा चालिस रुपिंयाँ एन सि राखेर लाहुर हिंडेको सेते आखिर एकमैना पछि चालिस रुपियाँ आई सी मा नोकरी लाग्छ।घर शंझेर पनि केहुँदो रैछर काम नपाए।आखिर ज्वाहार भाटा सँगको शंघर्ष थियो सेतेको लाहुरको यात्रा।

चर्चामा

सम्बन्धित समाचार