मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • नेपालकाे राजनीतीमा ••• मेरो विचार अनि सोचको खाल्डो

नेपालकाे राजनीतीमा ••• मेरो विचार अनि सोचको खाल्डो

  • शनिबार, साउन १६, २०७८
नेपालकाे राजनीतीमा ••• मेरो विचार अनि सोचको खाल्डो

धिरन शाही (रोयल ठकुरी ) — वास्तवमा , मेरो सामान्य बुझाई अनुसार राजनीति एउटा मुलुक लाई विकासको गतिमा धकेल्ने पोजिटिभ पद्धति (System) अनी रणनिति (Strategy ) मात्र हो , तर हाम्रो देश नेपालको अबस्था हेर्दा राजनीति लाई यसरी नै बुझ्न सक्छौ , मैले माथी भनेकाे जस्तै छ तर पोजिटिभ को ठाउँमा नेगेटिभ ,
नेपालकाे सबै राजनितिक इतिहास , घटनाक्रमहरु विभिन्न पुस्तक अध्ययन गरेर बुझियो , सुनियो – पछिल्लो समयमा त, अनेक राजनितिक घटनाक्रम प्रत्यक्ष देखि पनि रहेको अबस्था छ । हरेक चर्तिकला सुन्दा , बुझ्दा अनि देख्दा खुब हाँसो लाग्छ , नलागोस् पनि कसरि ?? राजतन्त्रमा राजाले राज गरे , प्रजातन्त्रका फर्सी टाउकेले Double राज गरिरहेको छन । अब तपाईंको मनमा प्रश्न उठ्यो हाेला राजतन्त्र ठीक कि ! प्रजातन्त्र ?

राजतन्त्र
सामान्य अर्थमा बुझ्नुपर्दा , राजतन्त्र भनेकाे राजाहरूले जनताका लागि जनता लाई गरीले शासन हो \यसलाई अर्को अर्थमा बुझ्नुपर्दा – यो एकलौटी ढंगले चल्ने पद्धति हो – जस्लाई (Autocratic System ) भनेर बुझ्न सकिन्छ – यो पद्धति राम्रो हो नराम्रो हो भनेर Predict गर्न सकिँदैन किनकि ! हरेक पद्धति राम्रो तब मात्र हुन्छ – जब त्यो पद्धति सहि ठाउँमा , सही विचारमा , सहि कार्यमा अनी सही समयमा लागु हुन्छ , जस्तै उदाहरण लिँदा : मैले तपाईलाई एउता बन्चरो दिए , तपाई त्यसलाई काठ काट्न प्रयोग गर्न सक्नु हुन्छ , या – कसैको ठाउँको काटेर ज्यान लिन प्रयोग गर्न सक्नु हुन्छ – भर पर्छ , तपाईं के मा प्रयोग गर्दै हुनु हुन्छ(Postive Aspects or Negative Aspects) तर विडम्बना , राजतन्त्रको इतिहास केलाउँदा Negative Aspects मा बढी प्रयोग भएको देखिन्छ ! पावर , पहुज को गलत प्रयोग गरी जनतालाई बढी पेलेको देखिन्छ , बाटोमा राम्री युवती देखे , राज दरबारमा मगाउने कस्तो पद्धति हो , हामी आफै बुझ्न सक्छौ , पावर अनि पहुजको लागी ज्यान लिन , बायाँ हातको खेल गरेकाे देख्दा , हामी आफै बुझ्न सक्छौ , हाम्रो देश नेपालको राजतन्त्रको इतिहास कस्ताे थियो , आफै कल्पना गर्न सक्छौ !

प्रजातन्त्र
जनताले, जनतालाई, जनता द्वारा गरीने Positive शासन हो – प्रजातन्त्र (Democratic System ) हो भनेर – ५ Class को समाजिक किताबमा पढेको अझै याद छ , त्यो बेला Defination रटियो , अहिले बुझियो फरक यति हाे ।

भनिन्छ – अहिले हामी Democratic System मा छौ ??, हाे मैले माथी भनेकाे जस्तै तर उल्टो Democratic System मा चलीरहेको छौ :- जनताले जनताद्वारा जनतालाई गरीने Negative शासन ☠️☠️
प्रजातन्त्रले जनताको अधिकारको लागी काम गर्नु पर्ने हाे तर ठिक उल्टो , Cycle मा चलिरहेको प्रष्ट हुन्छ ,
अधिकार छिन्ने काम ,
माथिको प्रजातन्त्रको Definition मा हाम्रो देशको प्रजातन्त्र लाई हेर्दा , हाँसो उठ्छ ??
धर्म , लिङ्ग , जात जाति , पेसा – व्यवसाय , जस्ता अनेक विषयको जड बनाएर शासन गर्ने कस्तो हाम्रो प्रजातन्त्र हो ! जस्ले जता भन्यो, उतै जाने भेडा जस्ता डेब्रा?? जनताकाे फाईदा उठाउदै , उल्टै उनीहरूकै रगत ,पसिना चुस्ने – रक्तपिशाच कस्ता Democratic Leaders ( शासक ) हुन ??
गरीब परिवारमा जन्मेकी नाजुक बालिकाको बलात्कार गर्ने , बालिकाले न्याय पाउनु सट्टा , अझ राजनितीक पावर अनि पैसा पेलेर , पीडक परिवार ले उजुरी गरेको फाइल Closed गराउन सकिने देशमा , कस्ताे Democratic Policy हो , देश बिकाशको नाममा छुट्याइएको बजेटको
५ % काममा लगाएको जस्तो गरी, कच्ची अनि कामचलाउ काम देखाउँदै ९५% बजेट खल्तीमा भर्ने , कस्ताे प्रजातन्त्र हो, राजनितीक पार्टी- बीपार्टी ग्रदै – आफ्नो कुर्ची बचाउ अभियानमा तछाड मछाड गर्दै , भेडा जनताको छातीमा टेकेर उभिने कस्तो प्रजातन्त्र हो ,, साच्चै सम्झिदा पनि घिन लागेर आउँछ ✔️?

#इतिहास केलाउँदा प्रजातन्त्र भन्दा राजतन्त्र नै ठिक थियो ? किन ?
– दुबै उस्तै ड्याङका मुला भएनी , आकाश पाताल फरक छ , राजतन्त्रमा देखिने राजा थिए , अहिले नदेखिने राजा भन्दा पनि खतरा महाराजा , अनि शासकहरू छन – फरक यति हाे ! राजतन्त्रमा Autocratic System भएपनि – थोरै विकासका कामहरु भने Smoothly गएका हुन्थें , अहिले निमुखा जनताकाे कर बाट गएको बजेट – सबैलाइ खल्तीमा हाल्दिए , मामला सेटल हुन्छ , नत्र विरोध हुन्छ – कार्यान्वयन त धेरै परको कुरा हो , त्यसैले indirect रूपमा अहिले पनि हामी Autocratic System मा नै छौ , यहाँ हो संग पावर अनि पहुंच छ , उसको काम पावर अनि पहुंच नभएका हरूलाई कुल्चिदै एक चुटकीमा हुन्छ , सविधान को पेपर मा लेखिएका कानुनहरु कागजमै सिमित छन , यही हेतुले , मन संधै खिन्न हुन्छ
#के हाम्रो देश नेपाल सधैं गरीब , अविकसित , राजनीतिक अस्थिरतामै – टुंगिएला त ? केही विकल्प छैन ?
– अवस्य विकल्प छ , संग संगै अवसर पनि छ , त्यस्ता Youth Skilled Human Resources को खाँचो छ – जसले विचार , कार्य र समयको सही सदुपयोग गरी परिवर्तन गर्ने प्रतिवद्धता साथै रणनिति ( Strategies ) बनाएर लागु ( implementation ) गर्न सकोस् , १० Class पास हुन नसकेका , Vision नभएका , विर्द्धभत्ता खाने उमेर भएका, आफुलाई Experienced भनाउने बुढा – खाडा नेतालाई देश Lead गर्ने Responsibility खारेज गरी Visionary , imaginary Skilled Youth को हातमा देश चलाउने जिम्मा दिइन्न , नेपाल सधैं यस्तै थियो , अहिले छ र हुनेछ पनि चेतना भया ✔️

चर्चामा

सम्बन्धित समाचार