आइतवार, जेष्ठ १३, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • सेती अस्पतालमा थप सेवा विस्तार, मस्तिष्क रोगको उपचार धनगढीमै

सेती अस्पतालमा थप सेवा विस्तार, मस्तिष्क रोगको उपचार धनगढीमै

  • सोमवार, मंसिर २९, २०७७
सेती अस्पतालमा थप सेवा विस्तार, मस्तिष्क रोगको उपचार धनगढीमै

धनगढीः सरकारी स्तरबाट सुदूरपश्चिममै पहिलो पटक सेती प्रादेशिक अस्पतालले न्युरो रोग (मस्तिष्क) सम्बन्धी सेवा विस्तार गर्दै उपचार दिन थालेको छ।

मंसिर १२ गतेदेखि न्यूरो सम्बन्धि उपचार सेवा सुरु गरिएको सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले बताए।

‘समग्र सुदूरपश्चिमका लागि यो नौलो खालको सेवा हो, करार सेवा अन्र्तगत आउनुभएका डाक्टरले उपचार पनि सुरु गरिसक्नुभएको छ,’ प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डाक्टर पाण्डेले भने, ‘प्रदेशबासीले सरकारी अस्पतालबाट न्यून शुल्कमा सुलभ रुपले सेवा पाउने भएका छन्। निजि क्षेत्रको जति खर्चिलो हुँदैन्।’

न्यूरो सेवा सेतीमै दिन थालिएपछि प्रदेशबासीले अन्यत्र धाउनुपर्ने बाध्यता हट्ने र लाखौँ रुपैयाँ बचत हुने समेत विश्वास व्यक्त गरिएको छ।

थप सेवा विस्तार गरिदै

उपचार सेवा थप्ने योजनाअनुसार नै नाका कान घाँटी र मुख तथा दात्त सम्बन्धित उपचार सेवा विस्तार पनि गरिरहेको छ।

‘बङ्गरा, दात्त, मुख सम्बन्धि शल्यक्रिय सेवा पनि विस्तार गर्दैछौँ। नाक,कान, घाँटी रोग विभागमा पनि सहयोगी सेवा पनि विस्तार भइरहेको छ।’ प्रमुख मेसु पाण्डेले भने, ‘सार्वजनिक निजी साझेदारी अन्र्तगत डायलासिस सेवा सञ्चालन भइरहेकोमा अस्पतालको आन्तरिक स्रोतबाट ३ शैया विस्तार गर्ने तयारी पनि गरेका छौँ। त्यो सेवा पनि केही दिनमै सुरु गर्दैछौँ।’

जनशक्ति व्यवस्थापनमा समस्या हुने चिन्ता

बि.स.१९९७ सालमा जिल्ला अस्पतालका रुपमा स्थापना भएको सेती अञ्चल हुँदै प्रादेशिक अस्पताल बनेको छ। २०४० सालमा स्तरोन्नती भएर अहिले पनि २०४० सालकै दरबन्दीमा अस्पताल सञ्चालन भइरहेका छ।

यस्तो बेला विस्तार गरिएका सेवा प्रवाहमा भने समस्या हुने चिन्ता व्यक्त गरिएको छ। तर अस्पतालले भने पछिल्लो समय जनशक्ति पाउन थालिकाले व्यवस्थापनमा विस्तारै सहजता हुँदै जाने विश्वास गरेको छ।

‘पूर्ण रुपमा दरबन्दी पदपुर्ति त भएको थिएन, त्यो नभएको अवस्थामा पनि हामी यो ठाउँमा पुगिसकेका छौँ। जनशक्ति पनि विस्तार विस्तारै पाउन थालिएको छ। सेवा सुरु गर्दै गएपछि सहयोगी हातहरु जोडिदै जान्छन् होला।’ मेसु पाण्डे भन्छन्।

सरकारबाट ५० शैयाको स्वीकृती पाएको सेती प्रादेशिक अस्पताल आफैले थप ७५ शैया व्यवस्थापन गरिरहेको छ। तर विरामीको चाप अत्यधिक हुँदा १ सय २५ मात्र नभई २ सय ५० शैया सञ्चालन गरिरहेको छ।

चर्चामा

सम्बन्धित समाचार