• होमपेज
  • समाज
  • अफ्रिकामा भेटिएको ‘केपी१‘ र ‘केपी२’ कोरोना भेरियन्ट नेपाल आइपुग्यो

अफ्रिकामा भेटिएको ‘केपी१‘ र ‘केपी२’ कोरोना भेरियन्ट नेपाल आइपुग्यो

  • शुक्रबार, जेष्ठ ११, २०८१
अफ्रिकामा भेटिएको ‘केपी१‘ र ‘केपी२’ कोरोना भेरियन्ट नेपाल आइपुग्यो

काठमाडौं – अफ्रिकी मुलुक, सिंगापुर र अमेरिका लगायत देशमा फेला परेको कोरोनाको नयाँ भेरियन्ट नेपालमा पनि पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोनाको नयाँ भेरियन्ट पुष्टि गरेको हो । प्रयोगशालाले ती भेरियन्टको नाम ‘केपी१‘ र ‘केपी२’ रहेको जनाएको छ ।

बितेका केही महिनाभित्र कोरोना संक्रमण देखिएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा नयाँ भेरियन्ट फेला परेको जनाइएको छ । ती संक्रमितमध्ये करिब ४२ प्रतिशतमा ‘केपी१ र केपी२’ पुष्टि भएको प्रयोगशालाले जानकारी दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार