शनिबार, बैशाख १५, २०८१

लोभ!लघुकथा।

  • मङ्लबार, भदौ १६, २०७७
लोभ!लघुकथा।
सुरेशकुमार पान्डे।

एज्ञा र बिरु भयर दँशै तिहार मान्न स्वादेश जाँदै थिए।रेलवाई स्टेसनमा टिकटको लामु लाईन थियो गाडि त रातिको नौ बजेको हो अहिले चाँडैनै थियो।
त्यो बेला पहाड गञ्जको एउटा अर्को टिकट काउन्टर पनि थियो त्यो एज्ञाले देखेका थिए।समान पनि खासै थिएन एकन्टा झोला थिए झोला बोकेर त्यो टिकटमिल्ने ठाउँ तिर जान्छन।एज्ञाले दुईटा टिकट बनाउँछन र फर्किनै थालेका थिए अचानक एक जनाले भाई यँहा मिल्छ टिकेट ?भन्दै आवाज लगाउँछ।एज्ञाले आफ्नो अगाडी एकजना नौजवान लाई उभिएको देख्छ!हजूर यँही पाईन्छ!भन्दै एज्ञाले ईसारा गर्छन।कँहा जानुहुँने हो हजूर हरु?उस्ले सोध्छ।हामी त नेपाल गञ्ज सम्म जानेहो दाई घर भने प्युठान हो !भन्दै बीरुले उत्तर दिन्छ र हजूर काँहा जानुहुँनी हो ?प्रश्न गर्छ।मपनि नेपाल गञ्ज जाने भन्छ र उ टिकटको काउँटर तिर बढँछ।उनिहरु अलि पर उभिईन्छन,सुस्त सुस्त जाम्ला उँहा पनि उतै जानुहुँने रैछ आखिर जाने ता सँगै हो।भन्दै आपसमा कुरा गर्छन ।किन एक्ला एक्लै जाने भनठानेर पर्खिन्छन!सोजा मान्छेका सीधा बिचार भने जस्तै।
उ एकै छिनमै फर्कियो,टिकट लिनु भयो?एज्ञाले सोधे।हजूर लिएँ!भन्दै अगाडी बढ्छ।उनिहरुपनि सँग-सँगै आउँछन।कुरा गर्दै पुलको नजिकै पुगेका थिए एउटा आर्को नेपाली भाषा बोल्ने ब्याक्ति भेटिन्छ।उभिएर एक्छिन कुरा गर्छन!उस्ले आफु कुनै सुनारको दोकानमा काम गर्छु भन्छ।साथै कसैलाई सुन चाहिन्छ भने सस्तो दिलाउँन सक्छु भन्छ।पहिलो मान्छे ले होर अहिलेपनि छ?शुन हजूर सँग भनेर सोध्छ।छनी किन चाहिको छ हजूरलाई?भन्छ।हजूर देखाउँनुस त!भन्दै उति र जान्छ।हजूरले चिन्नु भयो कि नाई?मैले पहिलेपनि लगेको हजूर सँग शुन!पहिलो मान्छेले भन्छ।मैले बिर्सिदैन भाई हजूरलाई उस्ले भन्छ।उनिहरु अलि टाठै बोलेकाले प्रष्टै सुन्निन्थ्यो।एज्ञा र बिरुले उनिहरुले कुरा गरेको उभिएर सुन्छन – हेर्छन।उनिहरुको ब्यापार सार्थक हुँन्छ त्यो ब्याक्तिले दुई तोला शुन लिन्छ।चोरेको सुन भयर हो हजूर बजारमा गएर यहि सुन लाई बिस हजार तोला पर्छ मैले बिस हजारको दुई तोला दिएको छुँ।भन्छ र उ आफ्नो बाटो हिँड्न थाल्छ।नजीकै उभिएका बिरु र एज्ञाले एक आर्काको मुखमा हेर्दै लिम है हामिले पनि बिरुले भन्छ।लिने होर?सोधम मैले? भन्दै पहिलो मान्छे ले ढिलो नगरी उस्लाई ए भाई एकैछिन पख्नुस त अरु छ सुन?पहिलो ब्याक्तिले सोध्छ छ तर अरुलाई दिन राखेको तिन तोलाछ!भनेर भन्छ।अरुलाई फेरी दिनुहोला यँहाहरु मेरा आफ्नै हुँनु हुँन्छ क्या दिनुस भन्दै उस्ले अनुरोध गर्छ।अनि हुँन्न एकतोला मेरो बेकार जान्छ तिनै तोला लानेहो भने दिन्छु भन्दै फेरी झोला खोल्छ।लैजानुस तिनै तोला यस्तो मौका बारबार मिल्दैन!भनेर पहिलो ब्याक्तिले भन्छ।त्यो ब्याक्ति सम्पन्न घरको जस्तो देखिन्छ।पहिलो पनि उस्तै तर हेर्दा एउटा जनजाती जस्तै थियो।लाने हो?मैले उस्लाई मना गर्छु है पहिले भन्दै नजिकै पिसिओ मा गएर फोन मिलाउँछ।हैलो सर!त्यो हजूरको काम अलि पछि हुँन्छ है अहिले हुँन सकेन!भन्दै फोन काट्छ।
अनि उनिहरुले घर लाने पैसा बर्ष दिनको कमाई झारफार पारेर एज्ञाले बिस हजार बिरुले दश हजार गरि तिस हजार बुझाउँछन र शुन लिन्छन।सस्तो शुन पाउँनु भयो साथी बधाई छ हजूरहरु लाई!भन्दै अगाडी बढ्छ।जस्तै टेसनको भित्र प्रवेश हुँन्छन त्यो ब्याक्ति पनि कतै निक्लिन्छ।उनिहरु आपसमा कुरा गर्छन,अहिले ता दँसैमा आमालाई मारावारी बनाई दिन्छु।जिवन भरी दुखःगर्नुभयो पितलका बाली लगाएर बिरुले भन्छ।हो नी मैलेपनि बिहे गर्दा पनि गहना बनाएको होईन अहिले ता घरमै शुनार राखेर बुढीलाई गहना बनाई दिन्छु!एज्ञाले भन्छन।उनिहरु लाई त्यो पहिलो मान्छे भगवान बनेर आएको भान हुँन्छ ।तर अहिले उ कतै देखिएन।गाडी आयो उनिहरुको गाडि हिँड्यो।कहिले नेपाल पुगम्ला भन्ने भयको थियो रात भरी गफ गरेर बिताए।बिहान गोण्डा बाट छोटी लाईनो गाडि छोपेर नेपाल गञ्ज रोड पुगेर झर्छन।
बोडेरमा झोला हेय्रो भने यतिका शुन कँहा बाट ल्याउ भन्ला भन्दै झोलाको चाबी छैन भन्दै चिया पानी को पैसा दिएर बोडरपनि सजिलै काट्छन।नेपाल गञ्ज पुगेर एउटा सुनारको दोकानमा जान्छन।शुनारलाई शुन देखाएपछि उनिहरुको पैताला मुनि बाट धर्ति खुस्किन्छ। शुन भनेर तिस हजार खर्च गरेको त त्यो कुनै काम नलाग्ने धातु थियो।शुनारले भाई तिमि हरु ठगियौ भन्छन।उनिहरु को अनुहार मलिनो भयो आफु नराम्रै गरी ठगिएको सस्तो शुनको लालचमा आफुलाई त्यो पहिलो र दोस्रो दुबै ब्याक्तिले मिलेर मुर्ख बनाएका थिए भन्ने बारे बल्ल थाहा भयो।
उनिहरुको सँग मात्र जेब खर्च दुई चार हजार शेष रहेको थियो।अब उनिहरु लाई घर जानु भन्दा लाहुर तिरै फर्किन पाए हुँन्थ्यो भन्छन।यो मेला मेसाको बेलामा सस्तो शुनको लोभमा आज बिलाप भयको थियो।१-०९-२०२०,
(कथा काल्पनिक हो यो कथा का पात्रहरुका नाम पनि काल्पनिक हुँन।यदी कसैको निजि नाम र घटना सँग मेल खाएमा मात्र सञ्जोग हुँनेछ।कथाकारको उदेश्य जनतालाई सचेत गर्नु मात्र हो।)
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार