शनिबार, बैशाख १५, २०८१

हली!लघुकथा।

  • शुक्रबार, साउन ३०, २०७७
हली!लघुकथा।
     सुरेशकुमार पान्डे

 लतरे!छेउँ कुना खन्न अलि धौ हुँन्छ हेर राँटा नछाडेर मेसै सँग जोतेस!अरु सुन भोली आफ्नो स्वास्निलाई पनि लिएर आउँनु बरु आटो एतै खाउला अलि सबेरै आए है!साहुले अर्ति दिँदै आफ्नो घरतिर फर्किन थाल्छ।लतरे बिहानै देखुन बारी जोतिरहेको थियो।अर्नि ल्याई दिन्छनकी भन्ने आस गरेको बुढा त रित्तै पो आए!उस्ले मनै मनमा सोँचछ।बराजु म बिहानै आएको अर्नि नगरी भोक लाग्न थाल्यो गरुपनि भोकाएका होलान?उस्ले बल्ल बल्ल ठट्टा गरेझैँ गरी भन्छ।
होर?लतरे मैलेपनि केही खाएको छैन अहिले सम्म!म साहुनिलाई छिट्टै आटो पकाउँन भन्छु है!साहुले भन्दै हिँड्छ।
उस्ले जोती रहन्छ।बिहानै उज्यालो नहुँदै झिस मिसामा आएको थियो।उ पेसाले दलित जातको हो,बलियो ज्यु डाल भयको खुब काम गर्ने भयकोले होला उस्लाई त्यो गाउँमा र अरु छिमेकि गाउँ बाटपनि काम गर्न बोलाउँथे।
कसैको बारी जोत्नु पय्रो,रुख ढालेर दाउरा चीर्नु पय्रो उसैलाई बोलाउँथे।कसैले दया गरेर जो जति दिन्थे लैजान्थ्यो।उस्को आर्को कुनै आयाश्रोत पनि थिएन,नही उस्को कतै बारी खेत थियो।एउटा बुकुरो र स्वास्नी अनि केहि बच्चाहरु थिए।स्वस्नी र आफुले आर्काको निमेक गरेर बच्चाको पेट पाल्ने काम मात्र हुँन्थ्यो पढाई लेखाई त उस्लाई कुनचराको नाम हो भनेझैँ थाहानै थिएन।
जब सम्म सरिरमा बल थियो उस्ले कत्ति प्रवाह गरेन,बचाउँने कुरा पनि थिएन उ एक प्रकारको सर्वहारा नै हो। केही गाउँलेहरुले राम्रा राम्रा चौर आफ्नो कब्जामा ल्याए,कसैले पसु चरन र नुन थलामा पनि कब्जा गरे, तर उ ईमान्दार रहयो।उस्ले एक ईञ्च जमिन कब्जा गरेन।आफ्नो पसिना बगाएर बाल बच्चा हुर्कायो।
एक थाउँमा एउटाले तराई तिर झर्दा एउटा स्यानो पाटो उस्लाई दिएको थियो तर त्यो एउटाले चलाखि गरेर खोस्यो तरपनि बराजुकै मर्जि उस्ले केहि गर्न सकेन।उ यति बलियो थियो स्यान स्यानो गरु उचाल्न सक्थ्यो तरपनि कसै सँग झग्डा गर्न सकेन।लडेन उसैलाई ठगे उस्ले सबैलाई आर्को जनममा सजाए मिल्छ भन्नेमा ढुक्कै थियो।
अन्तिममा फेरी सबै गाउँले मिलेर एउटा पाटो चौर दिएका थिए।त्यँहा एउटा बुकुरो हालेर बस्यो।उसँग न ता लाला बाला न बिना मल जल खेतिनै हुँन्थ्यो।उस्ले मिहेनत गर्थ्यो तर अन्न फल्दैनथ्यो फलुस पनि कसरी मल जल केहि थिएन।परिणाम उस्ले त्यो बारीको त्यति सुसार गर्न सकिन।आर्काकै काम मा जोड लगाउँदै आयो।उस्को पौरखले अरुले बर्षभरी खाने अन्न उबाजे तर उस्को त्यो बारी पनि बिस्तारै बाँचिदै गयो।आफ्नै बारीमा अरुको बारीमा जस्तै मिहेनत गरेको भय अबस्यपनि उस्लाई आर्काको घरमा बाँदा जस्तो हुँनु प्रदैनथ्यो।
अहिले साहुको बारीमा भोकै हलो चलाउँनु प्रदा मन मनै सोँचेकोछ कास आफ्नै बारीमा यति मिहेनत गरेको भय केहि फलथ्योहोला।नेपाली हरु खै कुन्नि किन आफ्नो लागि भन्दा आर्काको लागि मिहेनत बढि गर्ने परमपरानैछ।
लतरे आईज आटो खान!साउनिले टपरीमा आटो लिएर आएकि थिन।उस्ले पहिले गोरुलाई फुकाउँछ र गरु पानी पिउँन नजिकै कुवामा जान्छन।उ एउटा रुखको आस्न बसेरे आटो खान्छ।सुकाको सागको तरकारी र आटो उस्लाई खुबै मिठो हुँन्छ आखिर भोकनै ता हो।अरु भयपनि खाँदो होला तर साहुनीले एक टपरी ल्याएकि थिईन।त्यो खाई सक्यो न उन्ले सोधीन नहि उस्ले अरु माग्यो।जति ल्याएकि थिईन त्यो खाएपछि एकछिन त्यँहि आराम गर्छ एकैछिनमा पानी खाएर गोरु आउँछन उन्लाईपनि घाँस हाल्दिन्छ।
अलिबेर पछि फेरी गोरुनारेर जोत्दै थियो,झमक्कै साँझ पर्दा सम्म साहुको बारी जोतेर लखतरान परेको लतरे घर पुगेपछि बच्चा बिमारीले फत्रे-फत्रे गरेको देख्छ।अब कता जाने बिना पैसा उस्ले बच्चालाई झारफुक गर्न लग्छ।गरीबको जिन्दगी यस्तै त हो।उस्का छोराहरु त्यति बलियो ता भयनन् तर कोई झाँक्री भए कोई उस्तै मज्दुरी गरेर ज्यान पाल्ने भय।
लतरे बिमार पर्छ तरपनि उस्लाई हेर्न कोहीपनि आउँदैनन।बरु उस्लाई दिएको त्यो एउटा पाटोमा आर्को फटाहाको नजर पुग्छ।त्योपनि लतरेबाट खोसेर लग्छन।जिवन भरीको दुखःगरेको मिहेनत र ईमानदारीको नतिजा अन्तिममा बिना औषधी उपचार उस्को लिला पनि समाप्त हुँन्छ।१४-०८-२०२०,(कथा का पात्र हरुको नाउँ काल्पनिक हो।यदि कसैको नाम सँग मिल्न गयोभने सयोँगमात्र हुँनेछ।)

चर्चामा

सम्बन्धित समाचार