शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कला /साहित्य
  • हिम्मत -लघुकथा!

हिम्मत -लघुकथा!

  • बिहिबार, साउन २९, २०७७
हिम्मत -लघुकथा!

सुरेशकुमार पान्डे।
खट.खट-खट.खट-कोई हुँनुहुँन्छ?मणि सर!हजूर!को हुँनुहुन्छ?बाहिर कोई बोलेको निदै बाट सुनेर मणिले सोध्छन।ह.हजूर म हुँ रामु!बाहिर बाट उत्तर आउँछ त्यो बोली मणिले कतै सुनेको जस्तो लाग्दैन!कुनै अजनवीकै थियो।मणिले उठेर लाईट बाल्छन घडीमा अँझै दुई बजि सकेको थिएन।उन्ले दैलो खोल्छन बाहिर एउटा नौजन ठिङ्ग उभिएको थियो।उस्को हातमा साईकलको चैन देखेर मणि अक मक्कै पर्छन,उस्को सर्टपनि च्यातिएको उ कुनै बर्कसौपको कारिन्दा जस्तो देखिन्थ्यो।रातिको समयमा यो पुजिसनमा देखेर कसैलाईपनि आश्चार्य महुर्ष हुनु स्वाभाविक नै हुँन्छ।हजूर भन्नुस किन आउँनु भयको यसबेला?मणिले बल्ल-बल्ल संघार बाटै हिम्त जुटाएर सोध्छन।सर मेरो नाम रामु हो मैले नजिकैको एउटा गाउँमा कुखुरा फार्ममा काम गर्छु।म त्यो फारममा परिवार सहित बस्छु,एउटा छोरी र मेरो जहान अनि म त्यँही बस्छौँ।आजै म सँग एउटा घटना घट्यो र म हजूर सँग यो रातीमा सल्हा र सहयोग माग्न आएको हुँ!गलति भयो सरलाई दुखः दिएँ सुतेको बेला!भन्दै हात जोड्छ।रातिको समय भाईर उभ्भिनु भन्दा भित्र बसेरै कुरागर्न ठिक होला भनठानेर!आउँनुस भित्र भन्दै मणिले बोलाउँछ।रामु भित्र आएर बस्छ!मणिले एक गिलास पानी ल्याई दिन्छ।उस्को मुख सुकेको थियो सरीरमा पसिना आएको र अलि परिसान थियो।उस्ले पानी एक स्वासमै सिध्यायो,सेप्टेमबरको मैनामा गर्मिनै थियो।
अब भन्नुस हजूरलाई यो रातिमा किन दुखःपाउँनु पय्रो?मणिले बिस्तारपूर्वक भन्न आग्रा गर्छन।
सुनसान छ भाईर कता कति कुकुर हरुपनि निद्रामा भयर होला अहिले भुकेका छैनन।सर म गाउँको एउटा कुखुराको फारममा करिब बर्ष दिन देखि काम गर्दै आएको थिएँ।मेरो एउटा बर्ष तिन की छोरी छ हामिलाई कुखुरा को फारमकै छेउँमा बस्नलाई मालिकले क्वाटर दिएकाछन।हामी तिन जनाको परिवार त्यँहा खुसि राजी बस्दै आएका थियौँ।
सर!आज हामि पहेले जस्तै राति दश बजे तिर सुतेका थियौँ।दुईटा चारपाई जोडेर एउटामा आमा र छोरी अर्को चारपाईमा म सुतेको थिँए।हामि मस्त निदमा परेको बेला कसैले आएर मेरो जहानको मुख छोपेर उस्लाई घिसार्दै गर्दा मेरो आँखा खुल्यो अलि पर सम्म उँखुको बारी भित्र लग्न थालेको देखेपछि मैले नजिकैको साईकिलको चैन निकालेर उस्को पछि भागेँ अनि उस्लाई खुब सोह्रे उस्ले मेरो स्वास्नीको मुख छोपेको थियो।त्यो आफ्नै मालिकको छोरा रैछ।उसैको मोटर साईकलमा स्वास्नी र छोरीलाई लिएर बजारमा एउटा मेरै गाउँका जस्ले मलाई त्यँहा काममा लगाएका थिए उनैको घरमा राखे उनैले हजूरलाई जानकारी दिन भन्नु भयकोले म हजूर कहाँ आएको छुँ सर !भन्दै रामु अलि भाबुक हुँन्छ।त्यो बलियो ज्युडालको निडर र सहासी नौजवान थियो भन्ने कुराको उसैको ब्यबहारले पुष्टि गरेको छ।
तर पनि उस्लाई डर आउँने दिनमा कुनै ठुलै समस्या आउँन सक्ने देखेकोले भित्र भित्रै डराएको मेहेशुर्ष हुँन्थ्यो।उस्ले मालिकको छोरालाई कुटेको थियो र मालिकले कुनै न कुनै शडयन्त्र रचन सक्छ भनठानेर उ अहि घबराएको थियो।हजूर कत्ति नघबराउँनुस हामि छौँ भन्दै आस्वासन मणिले दिए बिस्तारपूर्वक उस्का कुरा सुनेपछि।हजूरले आफ्नो श्रीमती लाई नडराउँन र आफ्नो अडान राख्न भन्नुहोला सम्झाउँनु होला! र भोली बिहान ढिलो नगरी नौ बजे सम्म पुलिस चौकीमा आउँनुहोला हामिपनि यँहा बाट सिदै उतै आउँछौ भन्दै सुझाब थप्छ।हौश सर अहिले राती धेरै भयकोछ सुत्नुस बिहान भेट हौला भन्दै उ आफ्नो बाटो जान्छ मणि लाई निद्रा लाग्दैन अलि बेर सम्म बिस्तरामा पल्टिन्छ अनि उठेर किताब अद्यायन गर्न थाल्छ।
बिहान नौ बजे तिर सबै संगठनका जिम्मेवार साथिहरु पुलिस चौकीको अगाडि बसेकाछन।सँगठनका साथिहरुलाई देखेपछि ठानामा फटाफट रिपोर्ट लेख्ने काम हुँन्छ।उता महिलाले आफ्नो बयान लेखाउँछिन।
अनि पुलिसहरु रामुलाई र एक जना समाजिक साथि लाई लिएर कुखुराको त्यो फारममा पुग्छन।त्यँहा मालिक र गाउँको श्रपञ्च बसेका थिए छोरालाई बोलाएर जिपमा लिएर सबै ठानामा पुग्छन।त्यो केटाको तर्फ बाट उस्को बाउले क्षामा याचना गर्छ सबै गाउँका गणमान्य आएका थिए।बाउँले आफ्नो छोरा बाट भएको गलतिको लागि स्रमिन्दगी जताउँछ।छोरालेपनि आफ्नो गलति लाई महेशुर्ष गर्दै माफि माग्छ।उस्लाई लिखित माफि मागेपछि उस्को पढाई र उस्को भबिष्यको खयाल गर्दै छाड्दिन्छन।उस्को बाउले रामुको बाँकी तलब दिन्छ र सकेसम्म नोकरी छाडेर नजान भन्छ।रामुको ठाउँमा म भयको भयपनि यो बेकुबलाई छोड्ने थिएन भन्दै हात जोडेर बिन्ति गर्छ।रामुको यो सहासिलो कदमले हाम्रो परिवार सहितको भलो भयो भन्दै केटाको बाउँले प्रसंसा गर्छ।उनिहरुको त्यो ब्यबहारलाई देखेर केटाको पछ्ताबलाई महेशुर्ष गरेर उस्लाई मात्र लेखित चेतवानी दिएर पुलिस र सामाजिक साथिहरुको पहलमा छाड्छन। (कथा का पात्र नाम काल्पनिक हुँन कसैको नाम सँग मेल खान गयो भने मात्र सञ्जोग हुँनेछ।)

चर्चामा

सम्बन्धित समाचार