शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • चौकिदार लघुकथा

चौकिदार लघुकथा

  • मङ्लबार, साउन २७, २०७७
चौकिदार लघुकथा

कता हिँड्यौ त माईली?मणिले बजार तिर जाँन थालेका माईली लगायतका महिँली लाई सोध्छ।उ फर्किदै थियो भने उनिहरु जाँदै थिए।कँहि होईन दाई हामि त्यँहा एउटी महिलाँ बिमार छिन अरे हेर्न जाँदैछौँ!भन्दै उनिहरु अगाडि बढ्छन।संख्यामा तिन चारौटी महिँलाहरु थिए मणि ओल्लो किनारा उनीहरु पल्लो सडकको किनारा भएकाले त्यती राम्ररी उन्ले भनेको कुरा बुझिदैन एक ता मोटर हरुको घुईँ घुँई र टेँ टेँ आर्को तर्फ बतासले भुमोरी मार्दै हुरी चलेको थियो!बाटामा खासै कुरापनि हुँन सकिन।मात्र कसैलाई भेट्न जान्छम भन्ने भरी सुनियो।
कान्छिलाई डाक्टरले यँहा ठिक हुँदैन अन्त लैजा भनेर जवाफ दिएपछि कान्छाले बाहिर सडको नजिकै एउटा बन्द दोकानको पेटीमा लिएर बसालेको र आफु नजिकै बजारमा जँहा आफुले चौकिदारी गर्दथ्यो त्यँहा केहि पैसा दिन्छनकी दोकान दारहरुले भनेर गएको रैछ।कान्छि असहनिय पिडामा एउटी छोरी सँग बसेकी थिईन।माईली हरु उसैको हाल चाल सोध्न गयका थिए।परदेसको ठाउँ भैन भनेर बिमारी को कहरले उन्लाई आहाल बनाएको थियो।हुँनपनि बिमारीले सोधेर पो कैल आउँथ्यो र।रुपिया पनि ठिक्क खान पुग्ने जस्बाट जम्मा पनि हुँन सक्दैन थ्यो।
उता कान्छाले आफुले काम गर्ने त्यो बजारमा दोकानदार हरु सँग पैसा माग्दै थिए।कान्छाले यँहा रातिमा चौकिदारी गर्थे जहान बिमारी भएपछि एकदिन उनि डिप्टीमा न जाँदा उन्लाई धेरै कुरा सुन्न परेको थियो।मुस्किलले पाँच छ हजार ति दोकानहरु बाट उठ्थ्यो मैना भरी काम गरेर।केहि दिन पहिले पछिल्लो तलब उन्ले बुजि सकेका थिए।सर जी मेरो जहान बिमार छे मलाई थोरै पैसा दिनुस रिण म आउँने मैनामा माग्दिन भन्दै हात जोडेर बिन्ति गर्छन तर उनिहरुले केहि न केही बहाना बनाएर टर्काउँछन।चौकीदार काम गर्ने हो भने ठिक सँग गर नत्र हामि आर्को मान्छे पाउँछौँ!भन्दै उल्टाले कान्छालाई हप्काउँछन।मुस्किलले दुई सए रुपिया उठ्छ।उस्लाई आफ्नो स्वास्नीको चिन्ताले सताएकोछ।घरमा ससाना चार बैनी छोरीहरु छन।छोराको लोभमा छोरीहरुको संख्या बढ्दै गयो छोरा भने जन्मिएनन।केही दिन देखिनै बिमारीले गर्दा उ बिचरो धेरै दुखि थियो।सर जी मलाई केहि पैसा दिनुस मेरो जहान सिकिस्त बिमारछे भन्दै गिडगिडाउँछ तर उनिहरुलाई खासै असर पर्दैन।रात पर्न थाल्यो कान्छा फर्केर आफ्नो स्वास्नी र छोरीलाई बसालेर आएको ठाउँमा फर्किन्छ।त्यँहा माईली लगाएत केहि महिलाहरु बसेको देख्दा उ भाबुक हुँन्छ।डाक्टरले अन्त लैजा भनेर जवाफ दियो अब कता लगौँ पैसापनि छैन।भन्दै मलिनो हुँन्छ।केही छैन दाई तपाई ले चिन्ता नलिनुस हामिपनि केही गरौँला भन्दै माईलीले हौशला दिन्छिन।
माईली समाजिक कार्याक्रता हुँन महिलाहरूले तुरुन्तै सल्हा गरेर छिट्टै आर्को डाक्टर कँहा पुराउँछन।कान्छिका दुबै तिरको फोक्साले काम गर्न छोडेको थियो उन्लाई टीबीको रोग लागेको धेरै भयको रैछ।सामन्या उपचार गराउँने अनि दुख्न छाडेपछि औषधी बन्द गर्ने जस्तो ला-प्रवाही गर्नाले आज बिमारी अलि जटिलनै भयो।त्यो बेला टिबी पनि एउटा भयंकर बिमारी मध्यको मानिन्थो।
डाक्टरले सबै जाँच पट्ताल गरेर औषधीको प्रची दिन्छ।पहिलो खेपमा धेरै पैसा लागि सक्यो।कान्छा सँग ता कत्ती पनि पैसाछैन बिचारो कता जाने माईली हरुलेनै पैसा खर्च गर्छन।
उन्का स-साना छोरीहरुको मुख हेरे भयपनि यो महिला लाई ठिक गर्न पुरै जोड लगाउँछन।डाक्टरले फोक्सामा ट्युब चडाउँन पर्छ भन्छन त्यसको लागि आर्को अस्पत्तालमा पठाई दिन्छ उस्को फोक्सामा ट्युब चडाएपछि मात्र उन्लाई केहि आराम मिल्न थाल्छ।स्वास्थयमा बिस्तारै सुधार हुँदै जान्छ।महिलाहरुले चन्दा काट्न थाल्छन। पैसा दिनौँ दिन हजरौँ को संख्यामा खर्च हुँन्छ।आखिर यो घटनाले महिँला सँघलाई ठुलो शिक्षापनि मिल्छ।जुनप्रकारको अबस्था श्रृजित हुँन्छ त्यो अत्यान्तै भयंकर बन्दछ।त्यो बेलामा पनि बिसौ हजार खर्च भै सक्यो चन्दाले नपुगेर माईलीले आफ्नो गहना समेत लाई दोकानमा दिएर औषधी ल्याई दिन्छिन।यो आफैमा एउटा हृदय बिदारक घट्ना थियो।महिलाहरुले आफ्नो लोग्नेहरु समेत सँग झग्डा गरेर भयपनि त्यो बेला कान्छिको उपचार गर्छन।
अस्पत्तालमा डिप्टी लगाएर कुर्ने,अनि दिउसोमा चन्दा संकलन गर्ने,र कान्छीका ति स-साना छोरीहरुको हेरदेख गर्ने सबै जसोकाम महिँला समीतिले गय्रो।भन्निन्छ शंघर्ष को परिणाम राम्रो हुँन्छ आखिरकार महिँलाको दोश्रो पल्टको ट्युब चडाएपछि निको भयो।उनि आफ्ना छोरीहरु लाई ठुला ठुला हुँदा सम्म बाँचिन तर अलि बर्ष पछि उन्को मृत्यु भयो।प्रवासमा संगठन बिना बाँच्न कति गआरोछ भन्ने बारे यो घटनालेपनि प्रष्ट पारेकोछ।आज कान्छा र कान्छि दुबै हाम्रो माझमा जिवित छैनन तरपनि यो घटना बाट प्रेणा मिलि रहेनेछ।

सुरेशकुमार पान्डे।
११-०८-२०२०,

चर्चामा

सम्बन्धित समाचार