शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • विचित्र संसार
  • तलब माग्ने कर्मचारीलाई कुकुरले टोकाइयो, रेस्टुरेन्ट मालिकविरुद्ध मुद्दा

तलब माग्ने कर्मचारीलाई कुकुरले टोकाइयो, रेस्टुरेन्ट मालिकविरुद्ध मुद्दा

  • शनिबार, असार ६, २०७७
तलब माग्ने कर्मचारीलाई कुकुरले टोकाइयो, रेस्टुरेन्ट मालिकविरुद्ध मुद्दा

कर्मचारी तथा कामदारले आफूले काम गरेबापत तलब माग्नु स्वभाविकै हो । तर भारतमा चाहिँ आफ्नो पाकिसकेको तलब माग्नु एक युवकका लागि अभिषाप बनेको छ ।
रेष्टुरेन्टमा काम गर्ने ती युवकमाथि तलब मागेको भन्दै रेष्टुरेन्ट मालिकले आफ्नै घरको कुकुरलाई आक्रमण गर्न लगाएका छन् । रेष्टुरेन्ट मालिकको कुकुरको टोकाइबाट कल्याण सिंह नामका ती मजदुर युवक घाइते भएका छन् ।

घटना भारतको जोधपुरमा भएको हो । आफुले अघिल्लो महिनाको तलब माग गर्दा मालिकले रेष्टुरेन्टमा पालेको कुकुरलाई बोलाएर आफुलाई टोक्न लगाएको भन्दै ती युवकले महामन्दिर पुलिस चौकीमा उजुरी दर्ता गराएका छन् । रेष्टुरेन्ट मालिकमाथि कारबाही गर्न र आफ्नो पाकेको तलब दिलाइदिन पनि उनले माग गरेका छन् । प्रहरीले उक्त घटनाको छानबिन सुरु गरेको बताएको छ । एजेन्सी

चर्चामा

सम्बन्धित समाचार